अन्तत संसद सचिवालयले आफ्नो गल्ती सच्याउन वाध्य भएको छ । यस अघि कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छलछाम छानबिन गर्नका लागि गठन भएको समितिमाथि नै छलछाम भएको पाइएको थियो ।
बिज्ञापन
प्रतिनिधि सभा नियमावलीले नै नचिन्ने गरी सो विशेष समितिमा संयोजक पद राखेको पाइएसँगै सो बिषयमा समितिका सदस्यहरुले सभामुखसँग प्रश्न उठाएका थिए । सरकारले कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडी छानबिन गर्नका लागि काँग्रेसका सह महामन्त्री जीवन परियारको संयोजकत्वमा सांसद सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य रहेको समिति बनाएको थियो ।
बिज्ञापन
संसद्को नियमावली, २०७५ को नियम १८ बमोजिम गठन गरिएको उक्त समितिको संयोजक पदलाई प्रतिनिधि सभा नियमावली ०७९ ले नचिन्ने समिति गठन गरिएपछि समितिका सदस्यहरुले प्रश्न उठाउँदै आएका थिए । समितिका सदस्यहरुले संयोजक पद उपसमितिका लागि मात्र दिइने तर्क राखे । यस अघि राज्यव्यवस्था तथा सुशासन समितिले उपसमिति बनाएको थियो । निजामती विधेयकमाथि छलफल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । बडूलाई संयोजक तोकिएको थियो । कुनै पनि संसदीय छानबिन समितिमा सभापतिको व्यवस्था गरेको छ, नियमावलीले । केही अगाडि सूर्य थापा सभापति रहेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको थियो । नियमवली अनुसार यसरी गठन हुने अधिकांश समिति तथा विशेष समितिमा सभापति भनिएको हुन्छ ।प्रतिनिधि सभाको नियमावलीको नियम १८० अनुसार बनेको विशेष समितिको नेतृत्वकर्ताको पद सभापति नै हुनुपर्ने अडान राखे उनीहरुले सभामुख देवराज घिमिरेसँग ।
प्रतिनिधि सभाको नियमावलीको नियम १८० अनुसार बनेको विशेष समितिको नेतृत्वकर्ताको पद सभापति नै हुनुपर्ने संयोजक मान्य नहुने अडान पछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २६० अनुसार बाधा अडकाउ फुकाउ गरेरै भए पनि परियार सभापति हुने निर्णय गरेसँगै हिजै बसेको बैठकले कार्यविधिलाई पारित गरेको छ । जीवन परियारलाई संयोजकको सट्टा सभापति भनिने भएको छ । सभामुख देवराज घिमिरेले संयोजकको ठाउँमा सभामुख बनाउन तयार भएसँगै हिजो कार्यविधि पारित भएको छ अब आज कार्यतालिका बनेर समितिले काम थाल्ने समितिका एक सदस्यले जनाएका छन् ।