सम्पर्कमा आए प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी

तीन दिनदेखि सम्पर्कविहिन भएका प्रमुख प्रशासकीय अधिकृतसहितका सात कर्मचारी सम्पर्कमा आएका छन् ।

बिज्ञापन

कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि भन्दै रुकुम पूर्व गएर काम गर्ने हिँडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, हरिश माझी (सहायक प्रशासन पाँचौँ), यज्ञप्रसाद कँडेल (सह–लेखापाल), चन्द्रप्रकाश ओली, निशा आचार्य (सब–इन्जिनियर), शिवकुमार वली,प्रदीप केसी सम्पर्कविहीन रहेको भन्दै पालिकाले एक विज्ञप्ति जारी गरेको थियो ।

बिज्ञापन

यसरी सम्पर्क विहिन भएका सात कर्मचारी सम्पर्कमा आएका छन् । उनीहरु काम सकेर लिवाङ फर्किंरहेको जनाइएको छ । यस अघि पालिकाले विज्ञप्ति नै निकालेर सात कर्मचारीहरु गत २३ गतेदेखि सम्पर्क विहीन भएको जनाएको थियो ।

कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका तर खोजी कार्य गर्दा कतै नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या हुँदा यथाशीघ्र सम्पर्कमा आइदिनुहुन पालिकाद्धारा विज्ञप्ति नै जारी गरिएको थियो ।

बिज्ञापन

यद्यपि आर्थिक बर्ष सकिने समय र भुक्तानीको अन्तिम समयमा  कर्मचारीहरु काम छाडेर बेपत्ता भएको केही ठेकेदारहरुको आरोप छ । ठेकेदारहरुका अनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ठेकेदारसँग केही प्रतिशत रकम माग गरिएको थियो । ठेकेदारहरुले मागअनुसार रकम नदिएपछि भुक्तानी प्रक्रिया रोकिनुका साथै सम्बन्धित कर्मचारीहरू ‘सम्पर्क विच्छेद गराएर ’ फरार भएको आरोप लगाइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष