सरकारले तीन जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवाका दुई र शिक्षा सेवाका एक गरी तीन सहसचिवहरुको सरुवा गरिएको हो ।
बिज्ञापन
जसअनुसार प्राविधिक तर्फका राम पराजुली र शङ्कर बुढाथोकीलाई सहरी विकास मन्त्रालय वा त्यसअन्तर्गत सरुवा गरिएको छ । यस्तै, मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालयका सचिव रुद्रप्रसाद अधिकारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।