निजामती विद्येयकमा छेडखानी : विशेष समितिको बैठक सिंहदरबारमा शुरु

कुलिङ पिरियडमा भएको छलछाम छानबिन गर्न गठन भएको विशेष समितिको बैठक सुरु भएको छ । बुधबार सङ्घीय संसद् सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहल, सिंहदरबारमा बैठक सुरु भएको छ ।

बिज्ञापन

गत जेठ २ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसहमत पारित भएर असार १ गते प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विद्येयक १५ असारमा प्रतिनिधि सभाबाट पारित भएको थियो तर प्रतिनिधि सभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था नै निस्क्रिय रहने गरी उपदफा राखिएको थियो ।

बिज्ञापन

सोही छलछाम छानबिन गर्नका लागि नेपाली कांग्रेसका जीवन परियारको संयोजकत्वमा सुशीला थिङ,नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र सांसद रोशन कार्की सदस्य रहेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधि सभामा पेस भएको समितिको प्रतिवेदनमा र समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, माइन्युट र विद्युतीय अभिलेख, अडियो भिडियो आदिसमेत भन्दा फरक अर्थ हुने गरी कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था उल्लेख भएको विषयमा अध्ययन तथा छानबिन गर्न जिम्मेवारी पाएको सो समितिलाई २१ दिनको समय दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष