नैतिकताको प्रश्नले जेलिएका तीन मन्त्री : न राजीनामा दिन्छन् न प्रधानमन्त्रीले हटाउने आँट गर्छन्

सुशासन र सदाचारिताको चर्काे भाषण गर्ने प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका एक पछाडि अर्काे मन्त्रीहरुमाथि प्रश्न उठ्दैछन् । भ्रष्टाचारीको मुख नहेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घोष गरे पनि उनकै क्याविनेटमा रहेका गृहमन्त्री रमेश लेखक,कानुनमन्त्री अजयकुमार चौरासियादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता लगायतका मन्त्रीहरु उपर अनेकन प्रश्नहरु उठिरहेका छन् ।

बिज्ञापन

भिजिट भिसा प्रकरणमा शंकाको सुँइ मन्त्री रमेश लेखक र उनका सचिवालयका टिमतिर प्रश्न उठिरहेको छ तर गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशष्त गर्नुको सट्टा मन्त्रीहरुमाथि प्रश्न उठ्दैमा राजीनामा दिँदै जाने हो भने कस्तो सिष्टम बस्दछ भन्ने प्रश्न गरिरहेका छन् । कानुनमन्त्री चौरासियामाथि अनेकन प्रश्नहरु छन् । उनका बिषयमा सदनमै सांसदहरुले प्रश्न उठाइरहेका छन् ।

बिज्ञापन

यस्तै कर्मचारी संयन्त्र चलाउने जिम्मेवारी पाएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले एउटा कर्मचारी नियुक्ति र सरुवामा पचासौं लाखको डिल गरेको अडियो प्रकरण नै बाहिरिएको छ ।

प्राप्त अडियोमा विचौलियाको प्रस्ताव छ भूमि आयोग कास्कीको अध्यक्षमा खेम बहादुर पुनलाई लैजान २० सम्म बुझाइदिन्छु,बलरामलाई भनिदिनुहोस त मन्त्रीज्यू’ । जबाफमा मन्त्री गुप्ताले बलरामले पहिल्यै पैसा बुझिसकेको जबाफ फर्काउँछन् । विचौलियाको फेरि अर्को प्रस्ताव सुनिन्छ ‘अहिले १५ गर्दिन्छु, अदालतको १० भोलि बिहान ल्याएर छोडिदिन्छु । मन्त्रीको जबाफ सुनिन्छ,‘ मैले राख्ने होइन भोलि बिहानै सम्बन्धित ठाउँमा बुझाउनुपर्दछ ।’यो चाहिँ २५ लाख डिलको प्रंसग हो ।

बिज्ञापन

यस्का अलवा एक जना उपसचिव सरुवा गर्न अर्काे आधा लाख डिल गरेको प्रमाण सहित अख्तियारमा उजुरी नै परेको छ । भाट,राणा,शाहहुँदै थकालीहरुको नाममा कास्कीको बाटुलेचौरमा फैलिएको छ, १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिचि बगैचा । सोही जग्गा हत्याउने योजना अनुरुप विचौलियाले मन्त्री गुप्तालाई प्रभावित पारिरहेका छन् । अहिले मालपोतको प्रमुख परिवर्तन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्तामार्फत प्रयास गरिरहेका हुन,विचौलियाहरुले । अडियोमा कुरा मिलेपछि मन्त्री गुप्ताले विचौलियालाई लस्सी, माछा हुँदै रक्सी खान अफर गर्दछन् तर विचौलियाले आफूले रक्सी नछुने,काम भएपछि आफैंले मन्त्रीलाई रक्सी खुवाउने जबाफ फर्काएको सुनिन्छ । गत साता अख्तियारमा मन्त्री गुप्ताले एक विचौलियासँग ५३ लाख रुपैयाँ घुस डिल गरेको अडियोसहितको उजुरी टंगालमा दर्ता भएको छ ।

कास्की मालपोतको प्रमुख छन्,चिरञ्जिवी पौडेल । उनलाई हटाएर त्यहाँ पूरानै हाकिम लैजान र सो जग्गा हत्याउन प्रयासरत छन्,विचौलियाको एउटा समूह । क्यान्सर रोगी श्रीमतीको उपचार र रेखदेख गर्नुपर्ने भएको कारण घर पायक सरुवा मागेर कास्की मालपोतमा कार्यालय प्रमुख भएर गएका हुन्,पौडेल । उनी त्यहाँ माघदेखि हाजिर भएका हुन तर उनीमार्फत काम फत्ये नहुने भए पनि पाँच महिना नपुग्दै त्यहाँबाट नझिकी भएको छैन,विचौलियाको समूहलाई । ०५६ सालका १ नम्बरका अधिकृत हुन,पौडेल । जागिरे जीवनको १३ बर्ष दमौली,लमजुङ्ग,स्याङ्गजा मालपोतमै बिताएका वेदागी कर्मचारीका रुपमा चिनिएका पौडेलभन्दा पनि तीन बर्ष जुनियर (५९ का शाखा अधिकृत) हुन, गोकर्णमणि दुवाडी । दुवाडी भूमि मन्त्रालयको सचिव हुँदा एक दिनमै त्यहाँबाट सरुवामा परे अर्थात उपसचिवको सरुवा गर्दा गोकर्णको कुर्सी हल्लियो र लमजुङ्ग खटाइएको थियो । कास्कीमा दुई बर्षभन्दा बढी समय बिताएका रामचन्द्र अधिकारीलाई लमजुङ्ग पठाएर पौडेललाई कास्की सरुवा गरिएको थियो गत असोज ६ गते । अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगे । अदालतले उनको माग अनुसार स्टे अर्डर नदिएपछि त्यहाँ गत पुस २६ देखि हाजिर भएका हुन चिरञ्जिवी । तर पाँच महिना नबित्दै उनको सरुवा गर्न विचौलियाको समूह लागि परेको छ ।

उसो त यस अघि उनै मन्त्री गुप्ताको स्वकीय सचिव शिव पटेलले प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि सात देखि दश लाखसम्म डिल गरेको च्याट नै सार्वजनिक भएको थियो । यसरी खुलेआम घुसको डिल गर्ने मन्त्रीको सहयोगीलाई कारवाही त परको कुरा,उनैलाई अगाडि सारेर मन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १०८ किलोको फूलको माला लगाइदिएका थिए ।

हिजो यस्ता मन्त्रीहरु पनि थिए,जो उपर प्रश्न उठ्ने वित्तिकै कुर्सी छोडेर मार्गप्रशष्त गरेका थिए । ओलीकै क्याविनेटमा शिक्षा मन्त्री विद्या भट्टराई हुन वा प्रधानमन्त्री केपी ओलीका सो समयका विश्वासपात्र गोकुल बाँस्कोटाले समेत नैतिकताका आधारमा राजीनामा दिएका थिए । बास्कोटामाथि ७० करोड खाएको पुष्टि भएको होइन, मोलमोलाई गरेको अडियो टेप सार्वजनिक भएसँगै उनले पदबाट राजीनामा दिएका थिए । यस्का अलवा तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङसँग पनि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा मागेका थिए । बंगलादेशमा पढिरहेका महिला विद्यार्थीको विषयमा आपत्तिजनक प्रतिक्रिया दिएको विषयमा आमसञ्चार र सामाजिक सञ्जालमा विरोध भएपछि शेरबहादुर तामाङले आफ्नो अभिव्यक्तिप्रति माफी मात्र मागेनन्, पदबाट राजीनामासमेत दिए । नेपालमा केशरबहादुर विष्ट, शैलजा आचार्य, डा रामशरण महत जस्ता नेता पनि थिए, जसले आफ्नो चरित्रमा कसैले औंला उठाउनेवित्तिकै पदबाट राजीनामा दिए ।

तर अहिले रमेश लेखक,अजयकुमार चौरासिया,राजकुमार गुप्ता लगायतका एक पछि अर्काे मन्त्रीहरुमाथि प्रश्न उठिरहेको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि समेत उस्तै प्रश्न उठिरहेको छ तर उनीहरुले विद्या भट्टराई,गोकुल बास्कोटा,शेरबहादुर तमाङले झैं उच्च नैतिकता देखाएर पदबाट बाहिरिन सकेका छैनन् बरु लिसोझैं कुर्सीमा टाँसिएर आफ्नो कद आफैं घटाइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क २० हजारले बढ्यो

श्रम मन्त्रालयको ‘हराएको’ सरकारी गाडी फेला: सत्ता संघर्ष र गम्भीर दुरुपयोगको पर्दाफास

नैतिकताको प्रश्नले जेलिएका तीन मन्त्री : न राजीनामा दिन्छन् न प्रधानमन्त्रीले हटाउने आँट गर्छन्

पढ्न आउछ माननीयज्यू ?

चाइनिज कलमको धोको

“बहिनी”लाई रिझाउन बाहिनीमा नाचघर

सेनाका १७ जर्नेलको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

बिशेष