पढ्न आउछ माननीयज्यू ?

पढ्ने बेलामा हड्ताल, ढुंगामुढा, तोडफोड गरेर राजनीतिमा प्रवेश गर्नु भयो, नेताको फेरो समाउदै टिकट हात पार्नु भयो, मतदातालाई भ्रममा पारेर चुनाव जिती संससदमा पुग्नु भयो, तपाईहरूलाई पढ्ने फुर्शद कहिले मिल्यो र ! राजनीति र शिक्षा भनेका लक्ष्मी र सरस्वती जस्ता रहेछन् हैन ? जो ब्याक ब्यान्चर हो ऊ राजनीति गर्ने अनि जो कक्षामा अग्र पंक्तिमा हुन्छ ऊ कर्मचारी हुने भए पछि पढ्ने लेख्ने काम कर्मचारीको पो हो त ! तपाईहरू त ढ्यापढ्यापे मात्रै हो हैन ?

बिज्ञापन

यो कुरा तपाईहरूलाई पचाउन गाह्रो हुन्छ किनभने सही कुरा तितो हुन्छ, तपाईहरूलाई मन पर्दैन।

बिज्ञापन

यदि तपाईहरूमा पढ्ने बानी थियो भने निजामति सेवा विधेयकको दफा ८२ को उपदफा (५) को बेहोरा पनि पढ्नु हुन्थ्यो नि हैनरु कि पढेर बुझेर पास गर्नु भएको होरु हैन भने हो हल्लामा हावै हावामा नपढेरै ताली पड्काउनु भएको हो। हामीलाई संशोधनको विषय के बन्यो भन्ने चिन्ता पनि हैन चिन्ता त के मात्रै हो भने कुनै विचौलियाले विधेयकमा जे जे थपे पनि तपाईहरूलाई पत्तो नहुने कुराले हामीलाई पोल्यो। तपाईहरूले केही नपढीकन जे मा पनि समर्थन गर्ने हुनुहुदो रहेछ भनेर पोल्यो, तपाईहरू कानूनका निर्माता भएर कानून निर्माण गर्ने थलो संसदको उपहास गरेकोमा चित्त दुख्यो। म तपाईको मतदाता भएकोले तपाईलाई सजग र सचेत गराउन पाउछु कि पाउदिन होला भन्ने चिन्ताले भतभति पोल्यो। तपाईले संसदीय सर्वोच्चतालाई वद्नाम गरेको हुदा हाम्रो मन पोल्यो।

यो निजामति विधेयक त लामो प्रतीक्षा पछि आएको र यो विधेयक राज्यका अन्य सेवाहरू सन्चालन गर्ने नीतिको मूल नीति हुदा सरोकारवाला सबैको चासो रहने किसिमको हुदा तपाईहरूको कानून बनाउने योग्यता छताछुल्ल हुन पुग्यो तर सर्वसाधारणलाई त्यति चासो र चर्चा नहुने विधेयकहरू समेतमा तपाईहरूको क्षमता देखिए होला भनेर कसरी विश्वास गरौं हामीलेरु यस्तो गति हेर्दा त तपाईहरूले देशलाई सिक्किम बनाएको पनि थाहा नपाउनु हुने रहेछ जस्तो लाग्यो। यो तपाईहरूको अक्षम्य लापरवाही हो।

बिज्ञापन

हामीमा भएको सार्वभौम सत्ताको उपभोग हामीले नै गर्न सम्भावना नभएर तपाईहरूलाई चुनावको माध्यमबाट छानेर हाम्रो प्रतिनिधित्व गर्न संसदमा पठाएका हौ। यसरी देश र जनताको हितको लागि बनाइने कानूनमा जे लेखे पनि पढ्दै नपढी पास गरिदिदा हामीले प्रत्यायोजन गरेको सार्वभौम सत्ताको दुरूपयोग भएन र सांसद ज्यू !

हो मान्छौ,तपाई सर्वज्ञ हुनु हुन्न त्यसैले त तपाईको सहयोगको लागि विज्ञहरूको पनि ब्यबस्था राज्यले गरिदिएको छ। यतिहुदा हुदै पनि गत साल Electronic लाई Electrical भन्ने बुझेर विद्युतीय कारोवार ऐनको सट्टा जल विद्युत ऐन बनाई दिनु भयो। यसमा त पढ्नु भयो तर बुझ्न सक्नु भएन भने हामी संग सम्बन्धित प्राविधिक थिए, उनीहरू संग बुझ्न चाहनु भएन। यस्ता गल्ति कमजोरीहरू तपाईहरूबाट नदोहोरिएलान् भन्न सक्ने अबस्था रहेन। किन कि तपाईहरूले आफ्ना गल्ति,कमी,कमजोरी केही स्वीकार्ने बानी छैन।

अहिले त झन् दुई तिहाई भन्दा बढी मत भएको सरकार छ, जांगर चले संविधान संशोधन गर्ने तागत छ तपाईहरू संग र सरकार बनाउदै संविधान संशोधन गर्ने हो भन्नु भएको पनि छ तर झण्डै संशोधन गर्ने प्रयाश थाल्नु भएको छैन। यसको लागि धन्यवाद छ। सामान्य एउटा विधेयकको संशोधनको एउटा वाक्य दोहोर्याएर पढ्न त तपाईहरूले नभ्याउने हुनुहुदो रहेछ भने संविधान संशोधनमा त के के घुस्छन् घुस्छन् तपाईलाई के थाहा ! यस्तो हुस्सु दिमागले देशको अस्तित्व नै गायव भएको पत्तै नपाउन सक्छ।

 

तपाईहरूले देखाउनु भएको यस्तो ब्यबहारले संसदलाई कुन्नि के को टाउको देखाएर कुन्नि के को मासु बेच्ने थलोको रूपमा चित्रित गर्नेलाई त मजै भएको हुनु पर्छ तर अफशोच तपाईको ब्यबहारले पनि उनैलाई मलजल गर्ने भयो। तपाईलाई लाग्दो हो हामीलाई मनपरी भन्यो भनेर तर तपाईले हामीले प्रत्यायोजन गरेको सार्वभौम सत्ताको खिल्ली उडाई रहदा पनि हामी चूप लागेर बसी दिनु पर्ने होरु तपाईहरूलाई चित्त नबुझेको विषयमा नाना थरीका विरोध गर्न सक्नु हुन्छ भने प्रस्तुत निजामति विधेयक पढ्न समय नभएको हो भने अझै समय लगाएको भए हुन्थ्यो किन पढ्दै नपढी समर्थन गर्नु पर्थ्यो ?

माननीय ज्यू, पढ्ने बानी गर्नुस्, बुझेर सही गर्नुस, तपाई हाम्रो भविष्य बनाउने ठाऊमा पुग्नु भएको छ, हाम्रो मात्र नभएर हाम्रो भविष्य पनि तपाईको जिम्मामा छ। तपाई फेरि हामी संग मत माग्न आंउने अवधि नजिकिदै छ , त्यतिखेर हामीले तपाईलाई विश्वास गर्ने वातावरण बनाउनुस्। अस्तु।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क २० हजारले बढ्यो

श्रम मन्त्रालयको ‘हराएको’ सरकारी गाडी फेला: सत्ता संघर्ष र गम्भीर दुरुपयोगको पर्दाफास

नैतिकताको प्रश्नले जेलिएका तीन मन्त्री : न राजीनामा दिन्छन् न प्रधानमन्त्रीले हटाउने आँट गर्छन्

पढ्न आउछ माननीयज्यू ?

चाइनिज कलमको धोको

“बहिनी”लाई रिझाउन बाहिनीमा नाचघर

सेनाका १७ जर्नेलको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

बिशेष