पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

पतञ्जली जग्गा घोटाला प्रकरणमा प्रतिवादी बनेका सहसचिव कलानिधि पौडेललाई विशेष अदालतले २५ हजार धरौटी लिएर छाडेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा उपसचिव हुँदा पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा हिनामिनामा संलग्न देखिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित तत्कालीन उपसचिव पौडेल लगायतका ९३ जना प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गर्दै गत जेठ २२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसरी मुद्धा दायर हुँदा तत्कालीन उपसचिव पौडेललाई समेत प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरिएको थियो ।

बिज्ञापन

मुद्धा दायर भएसँगै तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल ३५ लाख धरौटी बुझाएर छुटेका छन् भने तत्कालीन उपसचिव पौडेललाई हालैमात्र २५ हजार धरौटी लिएर छाडिएको विशेष अदालतले जनाएको छ । पौडेल निलम्बनमा पर्नु अघिसम्म जल तथा ऊर्जा आयोग सचिवालयमा कार्यरत थिए । उनी २०७३ साल माघमा सहसचिवमा पदोन्नति भएका पौडेल उपसचिवबाट सहसचिव भएको ८ वर्षपछि भ्रष्टाचार मुद्दामा डामिएका हुन्। पौडेल कानुन समूहको सचिव बन्ने लाइनमा छन् । तर, भ्रष्टाचार अभियोगका कारण अब उनी सरकारी सेवाबाटै बाहिरिनेछन् वा क्लिन चिट पाउनेछन्,त्यस्का लागि विशेषको फैसला कुर्नुपर्ने हुन्छ ।

बिज्ञापन

पौडेल सहसचिव हुँदा कार्यालयलाई आफन्त भर्तिकेन्द्र बनाउँदै आफ्ना छोरी, साली, सालोलाई जागिर खुवाएर सरकारी स्रोत र सम्पत्तिको दुरुपयोग गरिएको बिषयका कारण उनी आलोचित हुँदै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष