कुलिङ पिरियडको चलखेलमा मुछिएका सचिवको प्रतिक्रिया :’मैले हिजैदेखि जिम्मेवारी छाँडिसकें’

कुलिङ पिरियडमा चलखेलको आरोप लागेका सचिव सुरजकुमार दुराले आफूले जिम्मेवारी छाडिसकेको बताएका छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलको क्रममा विद्येयकको अन्तिम हस्ताक्षरकर्ताको हैसियतले सचिव दुराले राजीनामा दिनुपर्ने आवाज उठेको थियो ।
नेकपा एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेदेखि पूर्व शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठका अलवा अधिकांश सांसदहरुले समिति सभापति खतिवडा र सचिव दुराले राजीनामा दिनुसर्ने आवाज उठाएका छन् ।

बिज्ञापन

हिजोको बैठकमा कृष्ण गोपाल श्रेष्ठले सचिव सुरजकुमार दुरालाई भोलिदेखि बैठकमा देख्न नपरोस् भन्दै चेतावनी दिएका थिए । उनले तत्काल राजीनामा दिएर बाटो लाग्न आग्रहपूर्ण चेतावनी दिएका हुन् ।

बिज्ञापन

उनले भनेका थिए, दुराजी तपाईले यो समितिको सचिव रहिरहने नैतिक अधिकार गुमाइसक्नुभयो, भोलिदेखि हामी यता हेर्दा पनि हेर्दैनौँ, भोलिदेखि देख्न नपरोस् ।’

दुरा तीन साता अघिमात्र सहसचिवबाट सचिवमा बढुवा भएका हुन । सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो । सोही रिक्त पदमा उनी बढुवा भएका हुन । सचिवमा बढुवा भए पनि उनी प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सचिवको जिम्मेवारीमा थिए । कुलिङ पिरियडमा भएको चलखेलमा संलग्न रहेको आरोप लागेपछि दुराले समितिको सचिव पदमा नरहेको बताएका छन् ।दुराले आफूले हिजैदेखि नै सचिवको जिम्मेवारीमा नरहेको र भोलिदेखि आउदिन भनेर भनिसकेको प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष