कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

जोन पुलोकले भनेका थिए– ‘हामीहरु एक्कइसौ सताव्दीमा छौ, विसौ सताव्दीको प्रणाली र त्यसभन्दामाथि उन्नाइसौं सताव्दीको राजनीतिक संरचना छ ।’ यो आरोपलाई समाधान गर्ने महत्वपूर्ण रणनीति प्रशासन परिवर्तन हो । निजामती प्रशासनले समयको गति पक्डियो भने, अझ भनौं परिवर्तन आफैले सिर्जना ग¥यो भने हाम्रो चाहनाको प्रशासन पाउन सकिन्छ । एक्काइसौ शताव्दी बहुसीपयुक्त, स्ययम्प्रेरित र आविस्कारमुखी प्रशासनको युुग हो । आफ्नै औचित्य सिद्ध गर्न पनि प्रशासनले व्यावसायिक सदाचारिता र आविस्कारमुखी चरित्रमा रहनु पर्दछ ।

बिज्ञापन

अहिले निजामती सेवाप्रति सेवाग्राही सर्वसाधारणको आरोप छ, यो साहै जुम्से र लोते भयो, भनसुन र मोलाहिजा नगरी सेवा पाइदैन । आफूले पाउने सेवा लिनका लागि पनि मोलाहिजा, मध्यस्थकर्ता वा अतिरिक्त व्यवहार गर्नुपर्छ भन्ने अनुुभूतिमा छन् । राजनीतिक समाज आफ्नो लय र भावना पक्डिन नसेको आरोप लगाइरहेको छ । विज्ञहरु भनिरहेका छन् सेवाग्राहीलाई प्रशासनिक सास्तीबाट मुक्ति दिन निजामती सेवा पछि प¥यो । निजामती प्रशासन चाँहि आफूले अभिवकत्व नपाएकोमा निराश छ, तर व्यावसायिक इमान्दारिता देखाउन उद्यत छैन । राजनैतिक कार्यकारीले उसलाई जतिखेर पनि भकुण्डो हानेको छ, न कानून दिएको छ न कार्यवातारण । त्यसैले निजामती सेवा रक्षात्मक छ, स्वयम् उत्साहमा छैन । आफ्नो कामको आत्मविवेचना गरी सेवास्तर बढाउन २०६१ देखि एउटा आदर्श वाक्य साथ आफ्नो दिवस मनाउदै आएको निजामती सेवाले २०७८ मा पाँच बर्षका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ को आदर्श वाक्य निर्धारण गरिएको छ । यसले निजामती सेवाको मूल्य र गन्तव्य दुवै वताएको छ । यो निजमती सेवाको प्रतिवद्धता हो, अहिलेको आवश्यकता नै व्यावसायिक र सिर्जनशील प्रशासन हो ।

बिज्ञापन

निजामती सेवाको नामकरण सन् १८०४ मा नेपोलियन वोनापार्टले गरेपनि १८५४ मा वेलायती संसदमा नर्थकोट–टेभेलियन प्रतिवेदन बुझाएपछि मात्र आधुनिक निजामती सेवाको शुरु भएको हो । यस अर्थमा निजामती सेवाले आधुनिक रुप पाएको १७१ बर्षजति भयो । यस अवधिमा निजामती प्रशासनले राज्यइच्छाको कार्यान्वय, लोकतन्त्रको वितरण र राज्यका साझा मूल्यलाई संस्थागत गर्दै आएको छ । नेपालमा भने यसको इतिहास करिव सात दशकको छ । एउटा प्रणाली निर्माणका लागि यो निकै लामो अवधि हो ।

विश्वव्यापी अभ्यास हेर्दा निजामती प्रशासनका पाँच परिवार छन्, वेष्टमिनिष्टर ढाँचा (वेलायत र साविकका बेलायती उपनिवेश भएका क्यानाडा, सिङ्गापुर, न्यूजील्याण्ड, सिङ्गापुर), राजनीतिकृत ढाँचा (संयुक्तराज्य अमेरिका), स्केण्डेनेभिएन ढाँचा (नर्वे, स्वीडेन, डेनमार्क), कन्टिनेन्टल ढाँचा (फ्रान्स, द नेदरल्याण्डस्), र नयाँ राजनीतिकृत ढाँचा (बेलायती स्कटिस र वेल्स) । सवै परिवारले साझा मूल्यका रुपमा योग्यता प्रणाली, निष्पक्षता, बस्तुनिष्ठता र व्यावसयिकतालाई अँगाल्दै आएका छन् । साथै निजामती सेवाले मूूल्यका रुपमा पवित्रता, स्वयम् उत्साह, सत्याङ्कन, प्रमाणको सर्वोच्चता, अवसरप्रति सेचत, जोखिमप्रति सावधानी र सेवाप्रति निष्ठालाई अँगाल्दै आएको छ । यी मूल्यकै सापेक्षमा कुनैपनि मुलुकको निजामती सेवाको मूल्याङ्कन गरिन्छ । यी मूल्य नै निजामती सेवालाई युगौसम्म पहिचानमा राख्ने आधार हुन् ।

बिज्ञापन

सार्वजनिक प्रशासनका पिता कहलिने अमेरिकी राजनीतिज्ञ विड्रो विल्सनले निजामती प्रशासनमा जोकुनै होइन, खास क्षमता र इमान्दारिता भएका व्यक्ति मात्र योग्य हुन्छन्, जो राजनैतिक प्रणालीको उछिनापछिनदेखि विल्कुलै अलग हुन्छन् भनी ‘राजनीति र प्रशासनको सीमा विभाजनको सिद्धान्त’ को प्रार्दुभाव गरेका थिए । इतिहासमा देखिएको भाइभतिजावादको विकृति र लुट प्रणालीको पीडाका कारण सीमा विभाजन आवश्यक थियो । निजामती सेवाका पाँचै परिवारले यसलाई गहन रुपमा ग्रहण गरेका छन् । पूर्वीय दर्शनमा निजामती सेवालाई योग्यता भन्दा इमान्दारिता र आदर्शको रुपमा लिइन्थ्यो । आइन–ए–अकवरी, कौटिल्यको अर्थशास्त्र र नीतिस्मृतिहरुले राज्यसञ्चालनको आदर्श सहयोगीका रुपमा यसलाई लिएको पाइन्छ । दार्शनिक र परिवारमा विभक्त गर्नुभन्दा पनि अव निजामती सेवा योग्यता र आदर्शको संगम बनेको छ, जसविना व्यवस्थित राज्य प्रणाली र लोकतन्त्रको कल्पना पनि गर्न सकिदैन ।

निजामती सेवा पलपलको राष्ट्र निर्माण हो, विकासको संवाहक र स्वयम् उत्साहको पुञ्ज हो । सद्गुणहरुको संगम हो । शासनको प्रशासन यसको कर्म हो, व्यावसायिक सदाचारिता यसको धर्म हो । त्यसैले सफल नेतृत्वहरु प्रशासनको संस्थागत विकासका लागि उच्च प्राथमिकता दिदै आएका छन् । भनिन्छ, कुनै पनि देशको सरकार त्यहाको प्रशासनभन्दा उम्दा हुन सक्दैन, कुनै पनि मुलुकको विकास प्रशासनले अनुमति दिएभन्दा छिटो हुनसक्दैन । जिम्मी कार्टरको चुनावी मुद्दा नै प्रशासन सुधार गर्नु थियो, वील क्लीन्टले कार्यसम्पादनमुखी सरकारका लागि आफ्ना उपराष्ट्रपति अल गोरलाई विशेष जिम्मेवारी दिए, वाराक ओवामाले निजामती प्रशासनमा आविस्कारमुखी संस्कृतिको विकास गर्न अनिस चोपरालाई जिम्मेवारी दिए । प्रशासन लोते भएकोले आकारको कटौती कार्यसम्पादन सुधारका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले वैज्ञानिक एलोन मस्क र सूचनाप्रविधि विज्ञ विवेक रामास्वामीलाई सुधार कार्यको जिम्मा दिए । जापानमा मेजीदेखि कोइजुमीसम्मको शासनकालमा प्रशासनलाई यति जागरुक बनाइयो कि त्यहाको निजामती सेवा विश्वकै लोभलाग्दो प्रणाली बन्यो, परिणाम आजको जापान हो । पाँचौ तथा छैठौ फ्रान्सेली गणतन्त्रमा एघारमध्ये पाँच राष्ट्रपति कर्मचारी पृष्ठभूमिबाट भएका थिए । फ्रान्सेली प्रशासन व्यवस्थापनको सिद्धान्त धेरै परिपक्व र मूल्यवोधी पनि छ, जुन नेपोलियन प्रशासनको जगले सम्भव भएको हो । सिंगापुरका ली, अष्ट्रेलियाका हायक, मलेशियाका महाथिर सवैले निजामती सेवा सुधारलाई उच्च प्राथमिकतामा राखे । वङ्गलादेशमा अवामी लिग र विएनपि दुवैपार्टीले प्रशासनको दुरुपयोग गरी पटकपटक सत्ता आरोहण गरे, परिमाण अहिलेको बङ्गलादेश हो । पाकिस्तान र श्रीलङ्क पनि बङ्लादेशको बाटोमा छन् ।

बृटिशकालीन उपनिवेश कर्मचारीतन्त्र द¥िहलो बनाउन यति अग्रसर रह्यो कि उपनिवेश पछि पनि त्यहाका प्रशासन राज्यप्रणाली बलियो खम्वा बनिरह्यो । उदाहरण भारत पनि हो । भारतको एआइयस अधिकृतहरु अहिले पनि सामाजिक प्रतिष्ठाका पात्र हुन् । त्यहाको प्रशासन कर्मचारीतन्त्रबाट प्रशासनिक स्टार्टअपमा रुपान्तरण भएको छ । प्रशासनिक स्टार्टअपका कारण अशोक खेम्का सिम्वोल अफ इन्टिग्रिटी बने, आर्मस्ट्रङ पामे म्यान अफ मिराकल बने, स्मीता समरवान नागरिककी अधिकृत बनिन, डा. समित शर्मा जनताका चिकित्सक बने । किरण बेदी, विनोद राव, टि एन सेसन, डि सुव्व राव, अरुण सुन्दरराजन आआफ्ना क्षेत्रका सुधार धरोहर कहलिए ।

नेपालमा २०१३ सालमा संरचित निजामती सेवालाई पहिलो जनआन्दोलन पछि उच्चस्तरीय प्रशासन सुधार आयोगको नेतृत्व गरेर गिरिजाप्रसाद कोइरालाले उदारीकरण र सुशासनको बाटो देखाए । त्यसैको जगमा उभिएर प्रथम पुस्ताको सुधार कार्यक्रमले सार्वजनिक सेवा व्यवस्थापनमा निजी तथा अन्य गैरसरकारी क्षेत्रले आफ्नो क्षमता देखाउन पुग्यो । पछिल्ला दिनमा निजामती प्रशासनलाई सही अभिभावकत्व दिन नसकेकाले प्रथम चरणका सुधारका उपलव्धि सुरक्षित हुन समस्या परेको छ, दोस्रो पुस्ताको सुधार कार्यक्रमले प्रवेश पाएको छैन । गत बर्षबाट सरकारले १८ क्षेत्र पहिचान गरी अर्को चरणको आर्थिक पुनसंरचनाका लागि नीति सोच बनाउदै छ । गत बर्षको बजेट बक्तव्यले पनि पाँच विषय क्षेत्रलाई रुपान्तरणकारी क्षेत्र पहिचान गरेको छ । सरकारको नेतृत्व र प्रशासनले सम्मति त्यति दिएमात्र तिनले कार्यरुप पाउने हुन् । नेपालमा धेरैजसो सुधार र उच्च प्राथमिकताका कार्यक्रम नतिजासम्म नपुुग्नुुमा प्रशासनको आलस्य समर्थन वा मौन प्रतिकार हो । तर यस पछिका कारणहरु भने पहिचान भएनन् । भनिएका सुधारहरु संचनाकेन्द्रित छन्, वास्तविक बन्नै सकेनन् ।

निरन्तर परिवर्तनशील विश्वमा निजामती प्रशासनको व्यवहार, क्षमता र गतिशीलता परिवर्तनसंग लय मिलाउने, अनुकूलित हुने र परिवर्तन नै सिर्जना गर्ने प्रणाली निर्माणको चुनौतीमा छ । सरकार गतिशील हुनु, कार्यसम्पादनमुखी हुनु र जनमुखी हुनु भनेको निजामती प्रशासन गतिशील हुनु हो । प्रशासनको ‘डाइनामिक नेचर’ के हो भने यसले यसअघिका प्रयासबाट प्रभावित र परिमार्जित हुदै भविष्य पथ तयार गर्नुपर्छ । यसो गर्ने आत्मचेतना र सामथ्र्य निजामती सेवामा रहनु पर्दछ । अन्यथा यो आलोचित, अतिक्रमित र पहिचानविहीन बन्दै जान्छ । आफूमाथि लागेको आरोपको जवाफ उसले बचनबाट होइन, कामबाट जवाफ दिनु पर्दछ । कर्मको आचरण गर्ने ‘कर्मचारी’ ले भनेर होइन, गरेर नै आफ्नो औचित्य देखाउन सक्छन् । यसका लागि निजामती सेवाभित्र उम्दा, बहुसीपयुक्त, उच्च अभिरुचि भएका र इमान्दार प्रतिभा पहिचान गर्ने परीक्षा प्रणाली र परीक्षण विधि चाहिन्छ । सेवाभित्र प्रवेश गरेपछि वृत्तिनिष्ठा र सेवा समर्पणको अभिमुखीकरण चाहिन्छ । नैतिक, व्यावसायिक र उदाहरणीय प्रशासनिक नेतृत्व चाहिन्छ । र सँधै नेतृत्व र अभिभावकत्व दिने राजनैतिक कार्यकारी चाहिन्छ । अनिमात्र यो संयन्त्र व्यावसायिक र सिर्जनशील प्रशासन बनी विकास, समृद्धि र सुशासनको अभिष्ट पूरा गर्नसक्छ ।

अहिले निजामती सेवामाथि बाह्य आक्रमणका कारण मात्र अस्तित्व संकटमा परेको होइन । यसको नेतृत्व निकै लुते, व्यावसायिक सदाचारिता नभएको र अवसरका लागि सौदाबाजी गर्ने चरित्रमा देखिएको छ । प्रशासनिक नेतृत्वले आफ्नै आस्था र मूल्यप्रणालीप्रति वेवास्ता गर्दै आएको छ । विशेषतः गणतन्त्रपछि सचिव तथा मुख्य सचिवहरु राजनैतिक अनुुचरवादमा देखिएका छन् । स्वार्थको समर्पण र प्रशासनिक नेतृत्वमा भन्दा पदबाट पदमा जाने प्रवृत्तिले लहरे असर पारेको छ । यस्ता व्यक्तिले प्रणालीको नेतृत्व गर्ने न नैतिक साहस राख्छन् न दृष्टिकोण नै । सीमित इमान्दारहरुमाथि मनोवल गिराउने काम भएको छ । व्यावसायिक मूल्यमा व्यापक ¥हास आएको छ भने संस्थागत सम्झना संरक्षित छैन । प्रशासनिक प्रणालीको नेतृत्व र राजनीतिक कार्यकारीसंग समन्वय गर्ने जिम्मेवारीको मुुख्य सचिव नियुक्तिमा योग्यता प्रणाली छैन । योग्यता प्रणालीको विधि संस्थागत नभएपछि कमयोग्यहरु नै नेतृत्वमा पुुग्ने गर्छन् । विचाराधिन निजामती सेवा विधेयकमा पनि निजामती सेवालाई युुगले मागेको नेतृत्व दिने र राजनैतिक प्रणालीका हस्तक्षेप विरुद्ध व्यावसायिक निष्ठामा रहेर प्रतिकार गर्ने प्रशासनिक नेतृत्वको लागि आधारहरु प्रस्तावित छैनन् । आन्तरिक इकोसिष्टम र बाह्य इकोलोजीका कारण व्यावसायिक निष्ठामा खरो उत्रन सक्ने, बहुसीपयुक्त र प्रत्युुुत्पन्नमति भएको प्रशासनिक नेतृत्वको माग बढेको छ ।

समाजले मागेको परिवर्तन (प्रवत्र्तन) प्रशासनिक सास्तीबाट सर्वसाधारणलाई मुक्ति दिने साहसी, निर्भिक, निस्पक्ष र व्यावसायिक निजामत िसेवा हो । बहुसीप र प्रत्युत्तपन्नमति भएको प्रशासन हो, जहाँ राजनैतिक कार्यकारीले एकभन्दा डेढ गर्न सकोस् । आँ गर्दा बुझि सकोस् तर गर्न नहुने चाँहि गर्दै नगरोस् । सताव्दीका अनुमान नै नगरिएका चुनौती समाना गर्न सकारत्मक, बुहसीप र स्वयम् प्रशिक्षित सशक्त निजामती कर्मचारी चाहिन्छ । जसको आधार बृत्तिइष्र्या होइन, प्रोत्साहन गर्ने, निरन्तर दिशावोध गर्ने, निजामती सेवाका मूल्यलाई आदर गर्ने, दिशावोध गर्ने तर अन्तिम जवाफदेहिता आफै लिने अभिभावक हो । थरघरबाट आजसम्म आइपुग्दा निजामती सेवाले आर्जित क्षमता पनि संस्थागत गरेको छ, नवप्रवत्र्तनको बाटो पक्डिन सक्ने भएको छ । तर राजनीतिबाट प्रशासन निकै गिजोलिएको छ र प्रणालीभित्रका व्यावसायिक सदाचार भएका कर्मचारीहरुको मनोवल निकै गिराइएको छ । अभिभावकत्व लिने वर्गले निष्ठा होइन, अनुचर खोजेको छ । यसले निरन्तरता पाइरहँदा भावी दिन अरु दुरुह भै आन्तरिक रुपमा संघीयता कार्यान्वयन र सेवा व्यवस्थापन गर्न र वाह्य रुपमा एक्काइसौ शताव्दीका चुनौती सामना गर्न सकिएको छैन ।

(@mainaligopi )

कर्मचारी प्रेस स्मारिकाबाट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

१५ असारमा आएन शिक्षा ऐन,सिंहदरबारमा शिक्षकहरुको धर्ना

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

असारे विकासको सेल्फीस् लाइक, पिच र धुलो

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

२१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाँदै

‘फेसलेस र क्यासलेस’ बन्दै छ वैदेशिक रोजगार विभाग

२७ लाख २० हजारको हातमा राष्ट्रिय परिचयपत्र

बिशेष