राष्ट्रिय परिचयपत्र प्राप्त गर्नेको संख्या २७ लाख नाघेको छ।
बिज्ञापन
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म नेपालको विभिन्न जिल्लाका २७ लाख २० हजार सात सय ११ जना मानिसले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका छन्।
बिज्ञापन
विभागको अनुसार हालसम्म ७१ लाख १ हजार ४ सय १७ थान परिचयपत्र छापिएको छ । वितरणका लागि जिल्ला जिल्लामा ६५ लाख ८४ हजार ८ सय ३३ थान परिचयपत्र जिल्ला जिल्ला प्रशासन कार्यालय पठाइसकेको पञ्जीकरण विभागले जनाएको छ । हालसम्म राष्ट्रिय परिचयपत्रको लागि एक करोड ७७ लाख ८७ हजार ३ सय ८७ जना सेवाग्राहीले विवरण दर्ता गराएका छन्।विभागका अनुसार कञ्चनपुर,झापा,चितवन र गुल्मीसहितका चार जिल्लामा परिचयपत्र वितरणको काम सम्पन्न भइसकेको छ । यस्तै काठमाडौं,मोरङ,कास्की,कैलाली,रुपन्देही,सिन्धुली र लमजुङ सहितका सात जिल्लामा वितरण दर्ता अपरेटर मार्फत सञ्चालन भइरहेको विभागले जनाएको छ । यस्का अलवा एमआइएस अपरेटरमार्फत तनहुँ,पाँचर,तेह्रथुम,ओखलढुङ्गा,खोटाङ,सोलुखुम्बू,डडेल्धुरा,रसुवा,सिन्धुपाल्चोक र रौतहटसहितका ११ जिल्लामा भइहरेको जनाइएको छ ।
विभागले लाखौंको सङ्ख्यामा कार्ड छपाई सकेपनि वितरण सहज नहुँदा नागरिकले राष्ट्रिय परिचयपत्र पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै विभागले ललितपुर र भक्तपुरका पालिकाबाट स्थानीय तहबाटै कार्ड वितरण कार्य गरिरहेको विभागले जनाएको छ । मोरङको रंगेली नगरपालिका,अछामको कमलबजार नगरपालिका,धनुषा जिल्लाको कमला नगरपालिका,चारनाथ नगरपालिका,हंसपुर,जनकपुरधाम उपमहानगरपालिका,मिथिला बिहारी नगरपालिका,धनुषा नगरपालिका,विदेश नगरपालिका र सबैला नगरपालिकाका साथैं रुकुम पश्चिमको आठबिसकोट नगरपालिका,सूर्याेदय नगरपालिका र देउमार्य नगरपालिका इलाम,भरतपुर महानगरपालिका चितवन,मिर्चैया नगरपालिका सिराहा र झापाको कमल गाउँपालिकासहितका ८ जिल्लाका १६ पालिकामा एमओयूमार्फत स्टेशन नै पालिकालाई हस्तान्तरण गरेर कार्ड वितरणको काम गरिरहेको विभागले जनाएको छ ।
बिज्ञापन
राष्ट्रिय परिचयपत्र व्यक्तिको परिचय प्रमाणीकरणको डिजिटल समाधान हो। नागरिकको फोटो सहितको स्मार्ट राज्यबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा जस्तै राहदानी लिन, सामाजिक सुरक्षा भत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न, सम्पत्ति खरिद बिक्री गर्न, व्यक्तिगत घटना दर्ता गर्न र बैंकमा खाता खोल्न तथा कारोबार गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।