पतञ्जली जग्गा प्रकरण : पूर्व उपसचिव र नासु धरौटीमा रिहा

पतञ्जली जग्गा प्रकराण्मा प्रतिवादी कायम भएकामध्ये एक जना उपसचिव र अर्काे नायब सुव्वा धरौटीमा रिहा भएका छन् । विशेष अदालतको इजलाशले एक कार्यालय प्रमुख र अर्काे नायब सुव्वालाई धरौटी छाड्न आदेश दिएको हो । यस्तै अर्काे एक जना नायब सुव्वालाई साधरण तारेखमा छाड्न आदेश दिएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ मा पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ। भ्रष्टाचार मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपाल सांसद पदबाट स्वतः निलम्बित भएका छन्। उनै पूर्व प्रधानमन्त्री नेपालसँगमात्र विशेष अदालतले ३५ लाख धरौटी लिएर छोडेको थियो ।
अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपालसहित तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विधेयक समितिका संयोजक प्रेम बहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व। डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मन्त्रिपरिषद्का सचिव स्व। माधव प्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरेका अलवा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिवहरू छविराज पन्त, जीतबहादुर थापा र लालमणि जोशी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिवहरू कलानिधि पौडेल, गान्धी प्रसाद सुवेदी र हपेन्द्रमणि के सी, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशव बहादुर बानियाँ, उपसचिव तथा शाखा अधिकृतहरू राजाराम थापा, सीताराम पोखरेल र वुद्धि बहादुर कार्कीलाई प्रतिवादी बनाएको थियो ।

बिज्ञापन

तिनैमध्येका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग ३५ लाख धरौटी लिएको तीन दिन पछि अर्थात शुक्रावर तीन कर्मचारीमध्ये एकलाई साधरण तारेख र अर्काे दुई कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।  अदालत पुगेका तीन जनामध्ये दुई जनासँग धरौटी माग र एक जनालाई साधारण तारिखको आदेश सुनाइएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरलगायत तीन जनाको इजलासले हाजिर हुन गएका तीन जनामध्ये तत्कालीन नायव सुब्बा ७६ वर्षे रामप्रसाद सत्याललाई साधारण तारेखमा छाडेको छ । अर्का एकजना नासु र नापीका हाकिमलाई क्रमशः १० र १५ हजार रुपैयाँ धरौटीको आदेश दिइएको छ ।

बिज्ञापन

उनीहरु सबैजना कित्ता नम्बर ३२१ को १२ आना ३ दामा जग्गा पासमा संलग्न भएको बताइन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष