प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर मन्त्रीले बोले झूठ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभामै गलत डाटा र तथ्यांक प्रस्तुत गरेको खुलेको छ । गत सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री गुप्ताले देशभरका १८५ स्थानीय तहमात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको बताएका थिए । मन्त्री गुप्ताले प्रतिनिधि सभामा सम्बोधन गर्दै भनेका थिए, मैले मन्त्रालय सम्हालेको बेला लगभग साढे तीन सय पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए। अहिले हामीले त्यसलाई एक सय ८५ मा झारेका छौँ।

बिज्ञापन

तर संघीय मामिला तथा सामान्य प्रशासनको डाटासँग मन्त्रीले पेश गरेको तथ्यांक मेल खाँदैन ।

बिज्ञापन

२ महानगर,९ उपमहानगरसहित २०१ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,२०१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुन सकेको छैन ।
६ वटा महानगरपालिकामध्ये २ महानगरमा प्रमुख प्रशासकीय अधिकृत छैनन भने ११ वटा उपमहानगरपालिकामध्ये २ उपमहानगरमा मात्र प्रमुख प्रशासकीय अधिकृत छन् । बाँकी ९ वटा उपमहानगरपालिका उपसचिवले चलाइरहेका छन् । यस्तै ६८ वटा नगरपालिकामा र १२८ गाउँपालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत छैनन् ।

ती स्थानीय तहमा एक तह मुनीका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । विवरण अनुसार,मधेश प्रदेशका ५७ स्थानीय तह निमित्तको भरमा चलिरहेको छ भने सुदूरपश्चिमका ४२,कर्णालीका ३५,कोशीका २३,बाग्मतीका १८,लुम्बिनी १७ र गण्डकीका ९ स्थानीय तह निमित्तको भरमा चलिरहेको छ ।
यसरी तथ्यांकमै झूठ विवरण पेश गरेका मन्त्रीले असार २० गते १६ जना अधिकृत लोक सेवा आयोगबाट आउँदै छन्। श्रावणको महिनासम्ममा हामी यसलाई शून्यमा झार्ने अवस्था निर्माण गर्दछौं भन्दै फेरि अर्काे झूठ बोलेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष