नेकपा एमालेले नेता बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई लगाएको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डे, तिम्सिनामाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
बिज्ञापन
नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि गत पुस १० गते पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसिएको थियो।
बिज्ञापन
भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङसँग जग्गा दान लिएर उनकै पैसामा पार्टी भवन बनाउने अध्यक्ष केपी शर्मा ओलीको निर्णयको विरोधमा बोलेपछि कारवाहीमा पाण्डे र तिमिल्सिना कारवाहीमा परेका थिए ।
यसअघि एमाले सचिवालय बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, स्पष्टीकरण चित्त नबुझेको भन्दै पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन र सोही प्रकरणमा भीम रावललाई पार्टीबाट निष्कासन गरिएको थियो ।