अधिकृतसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा प्रभात झासहित तीन जना र एक कम्पनीविरुद्ध अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

बिज्ञापन

केन्द्रले सूचना लुकार्य छिपाई प्रकाशन गरेको भेटिएपछि डा।झासँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन सहलेखापाल अनिल लिम्बु, मोदाक एड्भर्टाइजिङ प्रालिका सञ्चालक कौशलराज सिंह र कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

ठेक्का सम्बन्धी बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाइ छिपाइ, सार्वजनिक रूपमा प्रकाशन नगरी ठेक्का अभिलेखमा राख्ने प्रयोजनार्थ सौर्य राष्ट्रिय दैनिक पत्रिकामा एकप्रति मात्र सूचना प्रकाशन गरेको भनेर पेस गरिएको थियो । तर, प्रेस काउन्सिल नेपालको गत जेठ २ गतेको पत्रबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको भवन निर्माण सम्बन्धी बोलपत्र आह्वानको कुनै पनि सूचना नरहेको भनी लेखी आएको हुँदा उनीहरूको मिलेमतोमा झुट्टा बिल तयार गरी १ लाख २९ हजार ६६७ रूपैयाँ भुक्तानी दिए लिएको देखिपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

उनीहरूमाथि गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष