पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।
बिज्ञापन
पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी विशेष अदालत पुगेका हुन् । नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।
बिज्ञापन
सोही मुद्धामा बयान दिनका लागि नेपाल विशेष अदालतमा पुगेका हुन । विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरु भएको हो । विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा माधवकुमार नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।
पूर्व प्रधनानमन्त्री समेत रहेका नेपाल बुधबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका हुन् । नेपालको बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।
बिज्ञापन
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।