सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ।
बिज्ञापन
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। उक्त समितिमा गृह मन्त्रालय,श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्।
बिज्ञापन
सरकारले गठन गरेको अध्यागमन र भिजिट भिसाबारे उच्चस्तरीय अध्ययन र छानबिन समितिलाई ३० दिनको समय दिइएको छ ।
उक्त समितिको समयअवघि ३० दिनको समयअवधि र १३ लाख बजेट विनियोजन समेत गरिएको जनाइएको छ ।
बिज्ञापन
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन माग गर्दै रास्वपा लगायतका दलले संसदमा विरोध र वेल घेराउ जारी राखेपछि सरकारले पूर्व मुख्य सचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























