गृह मन्त्रालयको बरण्डामा हल्लिरहेका सहसचिवहरूको व्यवस्थापन गरिँदा अझैं केही सहसचिव र उपसचिवहरु बरण्डामै रहेको पाइएको छ ।
गृहको बरण्डामा अझैै पनि लालबाबु कवारी,भिजिट भिषा प्रकरणका कारण तानिएका तिर्थ भट्टराईका अलवा हिजोमात्र अर्घाखाँचीबाट गृहमा तानिएका वेद प्रसाद खरेल मन्त्रालयको बरण्डामा आइपुगेको छ ।
बिज्ञापन
यस्का अलवा गृहमा अहिले २२ जना उपसचिव बरण्डामा रहेको पाइएको छ । हालैमात्र सहसचिवको दरबन्दीमा प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका डडेल्धुरा, डोटी र बैतडीबाट तीनजना उपसचिवको मन्त्रालयमा तानिएसँगै बरण्डामा रहेका उपसचिवहरुको संख्या २२ पुगेको हो ।
बिज्ञापन
गृहका बरण्डामा रहेका उपसचिहवरुमा खेमराज ओझा, नरेश कुमार यादव, जितेन्द्र कुमार यादव,यज्ञराज जोशी, विजया कुमारी प्रसाइ रहेका छन् । यस्तै तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणिन्द्र दहाल,सूर्य प्रसाद उपाध्याय,सीता परियार, राजु प्रसाद पौडेल, नवराज जैसी, दिनेश प्रसाद थानी,कमान सिं थापा मगर पनि केही महिना देखि बरण्डामा छन् ।
यस्का अलवा सत्यराज जोशी, पर्शुराम पोखरेल, शेखर पौडेल,चोमेन्द्र न्यौपाने,मोहनराज जोशी,दीर्घराज उपाध्याय,अच्युत ढुंगाना र श्रीनाथ पौडेलहरु अझैं पनि जिम्मेवारविहिन छन् ।