संघीय निजामती सेवा विद्येयक अड्किएकोमा समिति सभापतिको असन्तृष्टि

संघीय निजामती सेवा विद्येयक संसदमै अड्किएको प्रति राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले असन्तृष्टि पोखेका छन् । बनेका छन् । बिहीबारको प्रतिनिधि सभामा बोल्दै सभापति खतिवडाले छिट्टै निजामती विधेयक अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।

बिज्ञापन

सभामुख महोदय, राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ । कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ । छिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु,खतिवडाले भने ।

बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ २ मा पारित भइ महिना दिन पछाडि अर्थात १ असारमा निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए । सो विद्येयक प्रतिनिधि सभाबाट पारित गर्ने गरी मंगलबारमिति तय भएको भए पनि राप्रपाको विरोध र रास्वपाको बेल घेराउका कारण बैठक स्थगित गरेर आजसम्मका लागि सारिएको थियो ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अब असार १४ अगाडि उक्त विद्येयक प्रस्तुत हुने छैन । निजामती विधेयकमा रहेको सरकारी कर्मचारीले अवकाश पाएपछि वा राजीनामा दिएपछि २ वर्षसम्म संवैधनिक वा अन्य नियुक्ति नपाउने सम्बन्धी प्रावधान छ । यही कुलिङ पिरियडको प्रावधानमा उच्च प्रशासकहरुको सक्रियताका कारण विद्येयक पर धकेलिएको राज्यव्यवस्था समितिका कतिपय सांसदहरुको बुझाई छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष