संघीय निजामती सेवा विद्येयक संसदमै अड्किएको प्रति राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले असन्तृष्टि पोखेका छन् । बनेका छन् । बिहीबारको प्रतिनिधि सभामा बोल्दै सभापति खतिवडाले छिट्टै निजामती विधेयक अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।
बिज्ञापन
सभामुख महोदय, राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ । कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ । छिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु,खतिवडाले भने ।
बिज्ञापन
राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ २ मा पारित भइ महिना दिन पछाडि अर्थात १ असारमा निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए । सो विद्येयक प्रतिनिधि सभाबाट पारित गर्ने गरी मंगलबारमिति तय भएको भए पनि राप्रपाको विरोध र रास्वपाको बेल घेराउका कारण बैठक स्थगित गरेर आजसम्मका लागि सारिएको थियो ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अब असार १४ अगाडि उक्त विद्येयक प्रस्तुत हुने छैन । निजामती विधेयकमा रहेको सरकारी कर्मचारीले अवकाश पाएपछि वा राजीनामा दिएपछि २ वर्षसम्म संवैधनिक वा अन्य नियुक्ति नपाउने सम्बन्धी प्रावधान छ । यही कुलिङ पिरियडको प्रावधानमा उच्च प्रशासकहरुको सक्रियताका कारण विद्येयक पर धकेलिएको राज्यव्यवस्था समितिका कतिपय सांसदहरुको बुझाई छ ।