सिडियोले सच्चिने प्रतिवद्धता जनाएपछि ‘व्याक’ भए कर्मचारी

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले गल्ती सच्याउने प्रतिवद्धता जाहेर गरेसँगै कर्मचारीहरु आन्दोलनको कार्यक्रमबाट व्याक भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको ५२ औं सिडियोका रुपमा दुई महिना अगाडिमात्र गृह मन्त्रालयले खरेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर अर्घाखाँची पठाएको थियो ।

बिज्ञापन

यस अघिका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल सात महिनामा त्यहाँबाट सरुवा भएर हिडेसँगै गत वैशाख ३ गतेदेखि प्रमुख जिल्ला अधिकारीका रुपमा अर्घाखाँची पुगेका थिए,खरेल । गत चैत्र २२ को गृहमन्त्रालयको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा हाजिर हुन पुगेका थिए खरेल ।

बिज्ञापन

तर पछिल्ला दुई महिनामा आफूमातहतका कर्मचारीलाई अपशव्द बोल्ने,फाँटमा नबस्ने,कर्मचारीहरुलाई रेस्पोन्स समेत नगर्ने,सेवाग्राहीसँग झर्काे फर्काे गर्ने लगायतका उनका व्यवहारका कारण जिल्ला प्रशासनका कर्मचारीहरु हैरान र आजित थिए ।

यसरी प्रमुख जिल्ला अधिकारीको कार्यशैलीबाट आजित भएका जिल्ला प्रशासन कार्यालयका २५ भन्दा बढी कर्मचारीहरुले उनी विरुद्ध आन्दोलनमै उत्रने र प्रारम्भमा पेन डाउन गर्ने निर्णयमा पुगेका थिए,कर्मचारीहरु । प्रशासनका कर्मचारीहरुका अनुसार सिडियोको कार्यशैलीविरुद्ध आजदेखि जिल्ला प्रशासनका दुई दर्जन कर्मचारीहरु आन्दोलनमा उत्रने र प्रारम्भमा पेन डाउन गर्ने तयारी थियो तर सो अगाडि एक चरण प्रमुख जिल्ला अधिकारीसँग वार्तामा बस्ने निर्णय गरे ।

बिज्ञापन

आज बिहान भएको छलफलमा प्रमुख जिल्ला अधिकारीले आफ्नो गल्ती महसुस गरेर,गल्ती स्वीकारेसँगै कर्मचारीहरु पेन डाउनको कार्यक्रमबाट व्याक भएका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका कर्मचारीहरुले जनाएका छन् । अर्घाखाँची जिल्ला प्रशासनमा मात्र होइन जिल्लामै पहिलो पटक यस्तो घटना घटेको कर्मचारीहरु बताउँछन् ।

खरेलले यस अघि वर्दियाको प्रमुख जिल्ला अधिकारी हुँदै बुटवलमा  प्रदेश सचिव समेत चलाइसकेका कर्मचारी हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष