अन्तर प्रदेश र अन्तर स्थानीय तह सरुवाको व्यवस्थासहित प्रतिनिधिसभामा पेश भयो निजामती विद्येयक

अन्तत लामो रस्साकस्सी पछि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’सम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।

बिज्ञापन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले करिब एक महिनाअघि गत जेठ २ मा उक्त विधेयक समितिबाट पारित भएको उक्त विद्येयक एक महिना पछि प्रतिनिधिसभामा पेश भएको होे ।

बिज्ञापन

जहाँ अतिरिक्त सचिवको व्यवस्था गरिएको छ । यस अघि निजामती सेवामा अतिरिक्त सचिवको व्यवस्था थिएन । विद्येयक पारित भएपछि निजामती सेवामा १५ औं तह रहनेछ । यस्तै अत्तिरिक्त सचिवको हकमा ऐन प्रारम्भ भएको तीन महिनाभित्र दरबन्दी रहने निकाय यकिन गरी दरबन्दी व्यवस्था गर्ने व्यवस्था राखिएको छ ।
यस्तै उपसचिव र सहसचिव प्रतिस्पर्धा गर्न ५ वर्ष भए पुग्ने व्यवस्था राखिएको छ ।

यस्तै निजामती सेवामा प्रवेशको विन्दु महिलाको हकमा ३९ बर्षमा झारिएको छ । यस अघि महिलालाई प्रवेशको विन्दु ४० रहेकोमा एक बर्ष घटाइएको हो ।
यस्तै,विद्येयकमा मुख्यसचिव र सचिवको पदावधि एक एक बर्ष घटाइएको छ । यस अघि मुख्य सचिवको पदावधि ३ बर्ष र सचिवको पदावधि पाँच बर्षको थियो ।
सरुवाको व्यवस्थामा समेत उच्च प्रशासकको सरुवा गरिँदा क बर्गाका सहसचिवलाई घ बर्गको कार्यालय,घ बर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्यरत कर्मचारीलाई ग ग वर्गको भौगोलिक क्षेत्रमा कार्यरत रहेका कर्मचारीलाई ख र ख बर्गको कार्यक्षेत्रमा कार्यरत कर्मचारीलाई क बर्गमा सरुवा गरिने व्यवस्था विद्येयकमा उल्लेख गरिएको छ । विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याइएको छ ।

बिज्ञापन

यस्तै दफा ४३ मा अहिलेको सबैभन्दा पेचिलो प्रावधान कुलिङ पिरियडको व्यवस्था राखिएको छ । जहाँ अवकाशको २ वर्ष सम्म कुनै पनि संवैद्यानिक निकायमा नियुक्ति नपाउने व्यवस्था राखिएको छ । उक्त व्यवस्था हटाउनुपर्ने भन्दै मुख्यसचिवदेखि सचिवसम्मले लबिङ तिव्र पारेका थिए ।

यस्तै यस अघि अदालतमा मुद्धा दायर हुने वित्तिकै निजामती कर्मचारीहरु निलम्बनमा पर्दै आएकोमा अब अदालतमा भ्रष्टाचार मुद्धा दायर हुने वित्तिकै कर्मचारीहरु निलम्बनमा पर्ने छैनन् । विद्येयकको दफा ४९मा स्वत निलम्बनमा हुने कसुर बाहेक सम्बन्धित अदालतबाट त्यस्ता कर्मचारीका हकमा धरौटी,जमानत वा साधरण तारिखमा रिहा गरेको अवस्थामा कर्मचारी निलम्बन नहुने प्रावधान राखिएको छ ।

यस्तै प्रदेश तथा स्थानीय तहमा कार्यरत रहेका कर्मचारीलाइ अन्तर प्रदेश र अन्तर स्थानीय तह सरुवाको व्यवस्था समेत विद्येयकमा गरिएको छ ।यद्यपि यी निकायमा सरुवा हुनका लागि दोहोरो सहमति अनिवार्य व्यवस्था राखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

एउटै अध्यादेशले पूर्व नासुदेखि मुख्यसचिवसम्म पदमुक्त

ऐलानी जग्गामा घर बनाएको आरोपमा रास्वपा सांसद खनाल विवादमा

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

निजामती विद्येयकमाथि स्थानीय तहका कर्मचारीहरुको सुझावसहित ध्यानाकर्षण

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

बिशेष