कान्छा सहसचिवविरुद्ध भ्रष्टाचार मुद्धा दायर

देशकै कान्छो सहसचिवका रुपमा चिनिएका प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासमकीय अधिकृत हुँदा ठेक्कामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

परियार ०६९ सालमा नायब सुब्बाबाट निजामती सेवामा पाइला राखेका उनी त्यसपछि शाखा अधिकृतका रुपमा काम गरे । ७० सालदेखि ७८ सालसम्म शाखा अधिकृकै रुपमा कार्यरत उनी उपसचिव नभइ एकै पटक सहसचिवमा जम्प गर्न सफल अधिकृत हुन । अधिकृत भएकै ८ बर्षमै सहसचिव भएका परियार विरुद्ध अख्तियारले बुधबार भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

सहसचिव बढुवा भए पछि शहरी विकास,राष्ट्रिय योजना आयोग हुँदै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जिम्मेवारी सम्हाल्न पुगेका परियारलाई प्रतिवादी बनाएर अख्तियारले आज विशेषमा मुद्धा दायर गरेको हो ।

अख्तियारले उनीहरुमाथि काठमाडौं महानगरपालिकामा ढल निर्माणको ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्‍याएको अभियोग लगाएको छ । जसअनुसार सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण सम्बन्धी ठेक्कामा अनियमितता भएको देखिएको अख्तियारको दाबी छ ।

बिज्ञापन

उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।

तर, कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो ।

उनीसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् ।

परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष