देशकै कान्छो सहसचिवका रुपमा चिनिएका प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासमकीय अधिकृत हुँदा ठेक्कामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
बिज्ञापन
परियार ०६९ सालमा नायब सुब्बाबाट निजामती सेवामा पाइला राखेका उनी त्यसपछि शाखा अधिकृतका रुपमा काम गरे । ७० सालदेखि ७८ सालसम्म शाखा अधिकृकै रुपमा कार्यरत उनी उपसचिव नभइ एकै पटक सहसचिवमा जम्प गर्न सफल अधिकृत हुन । अधिकृत भएकै ८ बर्षमै सहसचिव भएका परियार विरुद्ध अख्तियारले बुधबार भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
बिज्ञापन
सहसचिव बढुवा भए पछि शहरी विकास,राष्ट्रिय योजना आयोग हुँदै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जिम्मेवारी सम्हाल्न पुगेका परियारलाई प्रतिवादी बनाएर अख्तियारले आज विशेषमा मुद्धा दायर गरेको हो ।
अख्तियारले उनीहरुमाथि काठमाडौं महानगरपालिकामा ढल निर्माणको ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको अभियोग लगाएको छ । जसअनुसार सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण सम्बन्धी ठेक्कामा अनियमितता भएको देखिएको अख्तियारको दाबी छ ।
बिज्ञापन
उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।
तर, कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो ।
उनीसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् ।
परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।