थाङ्गनामा सुताउने नि तरिका हुन्छ नि,त्यसले सबै बिगार्यो ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गेटमै भेला भएका एक हुल कर्मचारी यसरी तथानाम गाली गर्दै थिए आफ्नै माननीयलाई । काँग्रेसी कर्मचारी युनियनका विभागीय कमिटिका कर्मचारीहरुले हो यसरी सभापति रामहरि खतिवडालाई धारेहात लगाउँदै गाली गरेका ।
बिज्ञापन
राज्य व्यवस्था तथा सुशासन समितिले गत २ जेठमा संघीय निजामती सेवा विद्येयक पारित गरिसकेको छ । सोही विद्येयकमा रहेका कतिपय प्रावधानले तल्ला तहका कर्मचारीको वृत्ति विकासको ढोका बन्द हुने भएका कारण केही संशोधन गर्न सकिन्छ भन्ने ध्येयका साथ भेटघाट गर्न पुगेका थिए खतिवडालाई । युनियनको विभागीय एउटा टोली गत बुधबार सभापति खतिवडाको कार्यकक्षमा पुगेको थियो । यस अघि ह्रस्व दीर्घ समेत अघि नेपाल निजामती कर्मचारीहरुले भनेझैं उनीहरुको सल्लाह अनुसारै संघीय निजामती सेवा विद्येयक ल्याइने बताउँदै आएका खतिवडासँग आशावादी भएरै भेट्न पुगेका थिए कर्मचारीहरु तर अन्तिममा उनले देखाएको घटिया व्यवहार र कार्यशैलीका कारण आजित भएर सराप्ने स्थितिमा पुगेका हुन ।
मध्यान्ह खतिवडाले विभागीय कार्यसमितिका कर्मचारीका गुनासो सुने लगतै एक जना सहसचिवको नम्बरमा डायल गरें । फोन लाउड स्पिकरमा राखेका थिए । उताबाट महिला सहसचिवले रामहरिको कुरा सुनिसकेपछि आफूसँगै मन्त्री राजकुमार गुप्ता रहेको कारण बाँकी कुरा मन्त्री गुप्तासँगै कुरा गर्न भनिन् । मन्त्री गुप्ताले रामहरिले भनेझैं गरिने वचनवद्धता दिए ।
बिज्ञापन
त्यहाँबाट आशावादी भएर बाहिरिएका कर्मचारी सय मिटर पर रहेको सामान्य प्रशासनमा पुग्दा खग्रङ्ग भए । सो टोली तिनै महिला सहसचिवको कार्यकक्षमा सोध्दै खोज्दै पुगेको थिए सामान्य प्रशासन मन्त्रालयमा । नेमप्लेटमा सहसचिव बाहिर लेखिएको देखेपछि सोधखोज गर्दा थाहा लाग्यो उनी आचार्य थरकी ती महिला सहसचिव केही दिन आगाडि मात्र जापान पुगेकी छिन्,एउटा कार्यक्रमको सिलसिलामा । तल्ला माथि उक्लिएर मन्त्रीको बारेमा सोधखोज गरे सचिवालयमा । मन्त्री राजकुमार गुप्ता विराटनगरमा रहेको चाल पाएपछि रामहरिले आफूहरुमाथि गरेको व्यवहार सम्झिएर यसरी सरापेका हुन,उनीहरुले । ती कर्मचारी खोज्दै छन्,यसरी रामहरिको मोवाइलमा मन्त्री र सहसचिव बनेर बोल्ने महिला र पुरुष चाहिँ को हुन ? राष्ट्रसेवक कर्मचारीहरुलाई सिधै थाग्नामा सुताउन सक्ने खतिवडाले अन्य सोझा सिधा जना,मतदाताहरुलाई टेलिफोन संवाद गराएका नाटक गराएर पंगु र उल्लु बनाए होला ?
उसो त खतिवडाले कर्मचारीमात्र होइन प्रतिनिधि सभालाई समेत पंगु बनाएको अर्को घटनाक्रम पनि सार्वजनिक भएको छ । १४ जेठमा नै प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गर्ने कार्यतालिका थियो । बैठकको सम्भावित कार्यसूचीको चौथो नम्बरमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक २०८२ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यतालिका राखिएको थियो । कुलिङ्ग पिरियड लगायतका प्रावधान नराख्न मुख्य सचिव,सचिवहरुको लबिङ्गपछि प्रधानमन्त्री केपी शर्मा सभापति शेरबहादुर देउवाले समेत उक्त प्रावधान नराख्न खतिवडालाई दबाब दिदै आएका थिए ।
सोही दबाबका कारण हो वा अरु,बुझ्न सकिएको छैन तर समितिबाट पारित भएर सचिव सुरज कुमार दुरा र रामहरि खतिवडाको हस्ताक्षर भएको कपि चाहिँ आफ्नो ¥याकमा राख अनि हस्ताक्षर नभएको प्रिन्ट कपि संसदमा पठाइएको खुलेको छ । त्यही पछि हो प्रतिवेदनमा सभापतिको हस्ताक्षर नभएका कारण फिर्ता पठाइएको थियो । तर खतिवडा भने ‘जे हल्ला गरिएको छ, त्यो सरासर गलत हो ।’ भन्दै आफ्नो वचाऊ गरिरहेका छन् ।