सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सर्वाेच्च अदालतले निर्णय सुनाउँदै छ ।
बिज्ञापन
केपी शर्मा ओलीको अघिल्लो प्रधानमन्त्रीत्वकालमा अध्यादेशमार्फत संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गरी विभिन्न संवैधानिक आयोगमा ५२ जना प्रमुख तथा पदाधिकारी नियुक्त गरिएको थियो । उक्त नियुक्ति गैरसंवैधानिक भएकाले बदर माग गर्दै चार वर्षअघि ०७७ सालमा परेको रिटमा सुनुवाईपछि ०७८ मा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । त्यसयता ‘हेर्न नभ्याइने’, ‘हेर्न नमिल्ने’ मा पर्दै पटक–पटक स्थगित भएको मुद्दा गत माघदेखि नियमित सुनुवाई हुन थालेको हो । छ वर्षका लागि नियुक्त पदाधिकारीको कार्यकाल चार वर्ष पूरा भैसक्दासमेत अदालतले मुद्दा टुंग्याउन सकेको थिएन । उक्त मुद्धाको आज सुनुवाई हुन लागेको हो ।
बिज्ञापन
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले मुद्दामा माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरेको थियो । उक्त इजलासले मुद्दामा सम्मिलित अधिवक्ता तथा कानून व्यवसायीहरूलाई यही जेठ १६ गतेसम्म बहस नोट पेस गर्न आदेश दिएको थियो ।सर्वोच्चले जेठ १ गते सुनुवाइ सकिएसँगै मिति तोकेर निर्णय सुनाउने आदेश गरेको थियो । जेठ २८ गते बुधबार निर्णय (फैसला) सुनाउने मिति तोकपछि अख्तियारले यति धेरै सक्रियता बढायो कि त्यस यता २६ मुद्धा विशेषमा लगेको छ,जुन हालसम्मकै उच्च हो । जेठ १ यता हाइप्रोफाइल मानिएका सांसद मोहन बस्नेतदेखि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,प्रदेशका सांसद,पूर्व मन्त्री,मुख्यसचिव,सचिव,टेलिकमको प्रवन्ध निर्देशक लगायत उपर अख्तियारले भ्रष्टाचार मुद्धा विशेषमा पुर्याएको हो ।
जेठ १ मा अख्तियारले टेरामक्स प्रकरणमा काँग्रेस सांसद मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको थियो । यस्तै जेठ २२ गते पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोकको साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दी बढी जग्गा खरिद गरी बिक्री गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु प्रेमबहादुर सिंह र डम्बर श्रेष्ठ (दिवंगत), पूर्व मुख्यसचिव माधवप्रसाद घिमिरेसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
बिज्ञापन
यस्का अलवा जेठ २५ गते नेपाल टेलिकमको बिलिङ प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा प्रबन्ध निर्देशक संगीता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध मुद्दा दर्ता भयो । अस्ति सोमबार मात्रै विशेष अदालतमा पाँचवटा भ्रष्टाचार मुद्दा दर्ता गर्यो । आइतबार पनि तीनवटा मुद्दा दर्ता भएका थिए । सोमबार नेपाल बैंक लिमिटेडका तत्कालिन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीविरुद्ध एकैसाथ तीनवटा छुट्टाछुट्टै घुस मुद्दा दायर भए ।
यस्तै मंगलबार अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार लुम्बिनी डी एण्ड एन जेभी तथा डी एण्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक दिपेद्रकुमार ठाकुर र लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो । ठाकुर हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य समेत हुन ।
यस्का अलवा जेठ १९ गते सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइयो । यस्तै जेठ ४ गते सर्लाहीको बागमती प्रदेशका मेयर भरत थापा र उपमेयर लीलाकुमारी मोक्तान तथा मधेस प्रदेशका पूर्वमन्त्री विजय कुमारविरुद्ध पनि अख्तियारले मुद्दा चलायो । अख्तियारले जेठ महिनामा हालसम्ममा २६ वटा मुद्दा दायर गरेको छ । यस अघि चैतमा १२ वटा मुद्दा दायर भएकोमा वैशाखमा १९ वटा दर्ता भएका थिए । फागुनमा २ वटा मात्रै मुद्दा दर्ता हुँदा माघमा १३, पुसमा ११, मङ्सिरमा ७, कात्तिकमा ४, असोजमा ३, भदौमा १६ र साउनमा ९ वटा मुद्दा दर्ता भएको जनाइएको छ ।