सरकारले निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न आह्वान गरेको छ ।
बिज्ञापन
मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा जेठ २० गते बसेको बैठकको निर्णयानुसार निजामती सेवा नियमावली, २०५० को नियम ११६ (क) को उपनियम (३) बमोजिम निजामती सेवा दिवस, २०८२ को अवसरमा प्रदान गरिने निजामती सेवा पुरस्कारको लागि निजामती सेवा नियमावली, २०५० को अनुसूची १७ क १ बमोजिमको कार्यविधि तथा संलग्न कार्यविधि अनुसार त्यहाँ तथा अन्तर्गतका कार्यालयहरुबाट संलग्न बमोजिमको ढाँचामा २०८२ असार मसान्त भित्र कर्मचारी सिफारिस गरी पपठाउन परिपत्र गरेको हो ।
मन्त्रालयले प्रदेश प्रमुखका कार्यालय सातै प्रदेश,मुख्यमन्त्री तथा मीन्त्रपरिषद्को कार्यालय सातै प्रदेश,सर्वाेच्च अदालत,सबै मन्त्रालय,आयोग,कार्यालय,सचिवालय,७७ वटै जिल्ला समन्वय समिति,७५३ वटै स्थानीय तहलाई कार्यविधि अनुसार निजामती पुरस्कारका लागि नाम सिफासि गर्न परिपत्र गरेको हो ।
बिज्ञापन
सरकारले हरेक २२ भदौलाई निजामती सेवा दिवसका रुपमा मनाउँदै आएको छ । सोही अवसरमा प्रदान हुने निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आह्वान गरेको हो ।
कार्यविधि अनुसार,१०० जनासम्म कर्मचारी भएको कार्यालयले १ जना,१०१ देखि ७०० सम्म कर्मचारी भएको कार्यालयले २ जना,७०१ देखि १५०० जनासम्म कर्मचारी भएका मन्त्रालय वा सरकारी निकायले ४ जना,१५०१ देखि २४०० सम्म कर्मचारी भएका निकायबाट ६ जना,२४०१ देखि ३४०० सम्म निजामती कर्मचारी कार्यरत कार्यालयले ८ जना र सोभन्दा बढी निजामती कर्मचारी कार्यरत भएका निकायले १० जना सिफारिस गर्न पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।
मन्त्रालयले पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्दा अपनाउनुपर्ने ढाँचासमेत पठाएको छ । यसमा कर्मचारीको नाम थर, सुरु नियुक्ति मिति र पद, हालको पदमा नियुक्ति मिति, हाल कार्यरत निकाय र अवधि, हालसम्म कुनै पुरस्कार, तक्मा वा प्रशंसापत्र पाएको भए छुट्टै पानासमेत राखेर सो विवरणसमेत उल्लेख गर्न सकिने मन्त्रालयले ढाँचा पठाएको छ ।



































