१५ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सकियो प्रथम राष्ट्रिय महिला भेला

१५ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै  एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रीय महिला विभागको प्रथम राष्ट्रिय महिला भेला सम्पन्न भएको छ ।

बिज्ञापन

ने क पा (एकीकृत समाजावादी) का उप महासचिव एवं राष्ट्रिय सभा सदस्य माननीय गरिमा साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको र २ दिनसम्म चलेको उक्त भेलाले कार्यस्थलमा महिला कर्मचारीको सुरक्षा, महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न दवाव दिने, ३० दिनको तलब बराबरको शिशु स्याहार भत्ता उपलब्ध गराउनु पर्ने साथै संघीय निजामती सेवा ऐन जारी गर्दा महिलामैत्री विषयवस्तुहरु समावेश गर्नुपर्ने लगायतका विषय समेटेर १५ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको हो ।

बिज्ञापन

कार्यक्रममा सेवा निवृत्त अगुवा महिला कर्मचारीहरुलाई सम्मान समेत प्रदान गरेको थियो । देशभरिका अगुवा महिला संगठकहरुको सहभागितामा चलेको उक्त भेलामा विभागको प्रमुख टिकादेवी आचार्यले प्रतिवेदन पेश गर्नुभएको थियो भने संगठनका केन्द्रीय सल्लाहकार सिन्धु पाण्डेले महिला कर्मचारी चुनौती र अवसर विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि संगठनका केन्द्रीय उपाध्यक्ष भूवन राई र महासचिव प्रकाश राईले टिप्पणी गर्नु भएको थियो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष