जया फर्निचर र उपसचिव घिमिरेद्धारा प्रकाशित समाचारको खण्डन :’भ्रम सृजना र चरित्रहत्या गरियो’

ट्रेड युनियनको आन्दोलनमा सतिसालझैं उभिएको व्यक्तिको शाख गिराउने गरी समाचार प्रकाशित भएको भन्दै उपसचिव मोहन घिमिरेले आपत्ति प्रकट गरेका छन् ।

बिज्ञापन

कर्मचारी प्रेसमा गत १६ जेठमा प्रकाशित समाचारप्रति ट्रेड युनियनकर्मी घिमिरेले गम्भीर आपत्ति जनाउँदै खेद प्रकट गरेका छन् ।कर्मचारी नेताहरुबाट व्यावसायी पिडीत शीर्षकमा प्रकाशित,प्रसारित सामग्रीउपर बुँदागत खण्डन पठाउँदै सो समाचारको खण्डन गरेका छन् ।

बिज्ञापन

घिमिरेले व्यवसायी तथा जया फर्निचरका मालिक भुवन तुलाधरसंग समाचारमा उल्लेख भएजस्तो आफ्नो कुनै चिनजान र सम्पर्क नरहेको उल्लेख गर्दै कुनै पनि चिनजान र सम्पर्क नभएको व्यक्ति तथा व्यवसायी संग कारोबारमा हुने कुनै पनि सम्भाबना नै नरहेको प्रष्टाएका छन् । उनले समाचार प्रकाशन भएपछि व्यवसायी तुलाधरसँग सम्पर्क गर्दा कुनै चिनजान र लेनदेन नरहेको तथा आफ्नो नाम कहिँ कतै उच्चारण समेत नगरेको हुँदा लोकतन्त्र र मानव अधिकार सहित ट्रेड युनियनको अधिकार लडाइमा सतिसाल भएर उभिएको व्यक्तिको शाख गिराउने तथा भ्रामक मिथक खडागर्ने समाचार प्रकाशन भएको र समाचार प्रकाशन पूर्व त्यसको सत्यता परीक्षण नगरी प्रकाशन गरिएकोप्रति खेद प्रकट गरेका छन् ।

यसैबीच जया फर्निचरका मालिक जगदीश्वर मान सिंहले समेत समाचारमा उल्लेख भएजस्तो मोहन घिमिरेको तर्फबाट आजसम्म व्यक्तिगत लेनदेन नभएको प्रष्ट पारेको छ ।

बिज्ञापन

यद्यपि कर्मचारी प्रेसमा प्रकाशित समाचारमा मोहन घिमिरेसँगको व्यक्तिगत लेनदेनको बिषय कहिँ कतै उल्लेख गरिएको छैन । समाचारमा मोहन घिमिरे संस्थापक अध्यक्ष तथा हाल सल्लाहकारको भूमिकामा रहेको एकीकृत सरकारी कर्मचारी संगठनलाई जया फर्निचरले तीन बर्ष अगाडि नै साढे दुई लाख बढीको फर्निचर सामाग्री उपलव्ध गराएको र सोको भुक्तानी संस्थागत रुपमा नभएको बिषय मात्र उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष