राजावादीको फिर्ता,यातायात व्यवसायीको अनिश्चितकालीन यातायात बन्द

संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । समितिले आजका लागि तय गरेको काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको हो ।
हिजो प्रर्दशनको क्रममा कमल थापा, दीपक सिंहलगायत नेताहरु पक्राउ परेसँगै ती व्यक्ति छोड्न माग गर्दै समितिले बन्दको घोषणा गरेको थियो ।

बिज्ञापन

हिजो दिँउसो कमल थापालाई प्रहरीले ‘झ्याल्टुङच्याइँ’ बनाउँदै नियन्त्रणमा लिएको थियो । तर नेता तथा कार्यकर्ताहरु रिहाइ भए लगतै राप्रपाले बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

बिज्ञापन

आइतबारको प्रदर्शनमा सरकारको तर्फबाट भएको दमन र नेता कार्यकर्ताहरूको पक्राउलाई लिएर उपत्यका बन्दको प्रसङ्ग उठे पनि, पक्राउ परेका सबै जना रिहा भइसकेकाले आज हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेका छन्।

उता जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको बन्द फिर्ता लिएको जनाइसकेका छन् । “जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ,” नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै भनेको छ ।

बिज्ञापन

संयुक्त जनआन्दोलन समितिले गत १५ जेठदेखि आन्दोलन गरिरहेको छ ।

राजावादीहरुको बन्द फिर्ता लिएको भए पनि यातायात व्यवसायीको आजदेखि अनिश्चितकालीन यातायात बन्द गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरण : अध्यागमनका ९ अधिकृतलाई सफाइ,विचौलियामात्र दोषी (पूर्णपाठसहित)

सडकमा कर्मचारी,सदनमा निजामती सेवा विद्येयक

यातायात व्यवसायीको अगाडि घुँडा टेक्यो सरकारले,आन्दोलन स्थगित

चेपुवामा परेको नेपालको प्रजातन्त्र

१४ दफा संशोधनको सहमति पछि स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित

रसुवालाई संघ सरकारबाट १ अर्ब २० करोड अनुदान : धेरै नौकुण्डमा,कम आमाछोदिङ्मोलाई

बालेनका दाहिने हात पाण्डे निलम्बित, निमित्त प्रमुख जोशी

प्राविधिक अधिकृतको लिखित परीक्षामा सहभागी सबै उमेद्धार असफल

बिशेष