समितिबाट पारित भएको निजामती विद्येयक २ सातासम्म गुपुचुप,मंगलबार प्रतिनिधि सभामा पेश गर्ने तयारी

अघिल्लो साता प्रतिनिधि सभामा पेश गर्ने कार्यसूचीमा परेर पछि सूचीबाटै गायब भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक साता दिनपछि अर्थात मंंगललबारको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।

बिज्ञापन

यस अघि दुई साता अघि नै राज्यव्यवस्था तथा सुशासन समितिबाट पास भएको उक्त विद्येयक १४ जेठमा बैठकमा नै पेस गर्ने तयारी गरिएको थियो तर पछि कार्यसूचीबाटै हटाइएको थियो ।

बिज्ञापन

१४७ वटा दफा रहेको उक्त विद्येयक रज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतिले पारित गरेको छ । विद्येयकका केही प्रावधानमा शीर्ष नेताहरुकै अब्जेक्सन रहेका कारण विद्येयक प्रतिनिधि सभामा पेश गर्न ढिलाइ भइरहेको बताइन्छ । विधेयकमा अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको थियो । कुलिङ अफ पिरियडको प्रावधानप्रति प्रधानमन्त्री केपी शर्मा ओली राख्न नहुने पक्षमा छन् तर सभापति रामहरि खतिवडा दुई बर्ष कुलिङ अफ पिरियड राख्नुपर्ने पक्षमा छन् ।

उमेर हद ५८ बाट बढाएर ६० बनाउने र कुलिङ अफ पिरियड २ बर्ष राख्दा संवैद्यानिक निकायमा जम्मा तीन बर्षमात्र काम गर्न पाइने हुँदा यो प्रावधान हटाउनुपर्ने प्रधानमन्त्री ओलीको बुझाई छ । समितिबाट पारित भएको दुई साता समय व्यतित हुँदा समेत  विद्येयक गुपचुप राखिएको छ । समिति सभापति खतिवडालाई कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । र प्रधानमन्त्री केपी ओलीले पनि हटाउन संकेत गरेका छन् । त्यहीकारण सभापति खतिवडाले प्रतिवेदनमा हस्ताक्षर नगरेको आरोप छ । तर खतिवडाले भने समितिबाट पारित भएकै दिन निर्णयमा हस्ताक्षर गरिसकेको बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेश सभाबाट पारित भयो स्थानीय सेवाको गठनसम्बन्धी विधेयक

निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवा आयोगमा पठाउने

आदिवासीको विकास र उत्थानमा गम्भीर भएर लाग्न मन्त्री गुप्ताको निर्देशन

यातायात व्यवसायीसँग वार्ता गर्न बन्यो समिति,संयोजक तोकिए सहसचिव पन्थ

आज कर्मचारीहरु सामान्य प्रशासनको मूल ढोकामा,निजामती विद्येयक भोलि प्रतिनिधि सभामा

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

निरन्तरको समाचारपछि बिचौलिया प्रमोद खड्का तनावमा, मन्त्रालयहरूबाट पहुँच बन्द

संघीय सचिवालयमा स्टोरकिपर रोकायको साम्राज्य:- सम्झौतामा ३० प्रतिशतसम्म ‘कमिशन’

बिशेष