सामान्य प्रशासनको स्थानीय तहलाई परिपत्र : समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउनु

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा उल्लिखित जिम्मेवारी पूरा गर्न देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ।

बिज्ञापन

मन्त्रालयको वातावरण तथा विपद् महाशाखाका शाखा अधिकृत सन्तोषकुमार खत्रीले पालिकास्तरीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी लागू गर्न र सोको जानकारी मन्त्रालयलाई गराउन परिपत्र गरेका हुन ।

बिज्ञापन

यसैगरी, स्थानीय समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउन तथा जनचेतना अभिवृद्धि गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि परिपत्रमा उल्लेख छ ।

त्यसैगरी, परिपत्रमा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाई प्रभावकारी मनसुन प्रतिकार्यका लागि पालिकास्तरमा मनसुन प्रतिकार्य कमान्ड पोष्ट स्थापना गरी प्रभावकारी सञ्चालन गर्न भनिएको छ ।

बिज्ञापन

मन्त्रालयले मनसुन विपद्‌को अवधिमा आवश्यक पर्ने खोज, उद्धार तथा राहत सामग्रीको व्यवस्थापन गर्न, प्रतिकार्यको लागि नगर प्रहरीलाई आवश्यक साधन स्रोतसहित तयारी अवस्थामा राख्न र पालिकामा रहेका स्वयंसेवकहरू परिचालन गर्न भनेको छ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनुसनका लागि उक्त कार्ययोजा स्वीकृत गरेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यातायात व्यवसायीसँग वार्ता गर्न बन्यो समिति,संयोजक तोकिए सहसचिव पन्थ

आज कर्मचारीहरु सामान्य प्रशासनको मूल ढोकामा,निजामती विद्येयक भोलि प्रतिनिधि सभामा

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

निरन्तरको समाचारपछि बिचौलिया प्रमोद खड्का तनावमा, मन्त्रालयहरूबाट पहुँच बन्द

संघीय सचिवालयमा स्टोरकिपर रोकायको साम्राज्य:- सम्झौतामा ३० प्रतिशतसम्म ‘कमिशन’

राजावादीको फिर्ता,यातायात व्यवसायीको अनिश्चितकालीन यातायात बन्द

कुन-कुन मन्त्री ‘रेड जोन’मा ?

न्यायपालिका अधिकृत समाजमा नयाँ नेतृत्व,अध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्ष नै सर्वाेच्च अदालतबाट

बिशेष