सामान्य प्रशासनको स्थानीय तहलाई परिपत्र : समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउनु

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा उल्लिखित जिम्मेवारी पूरा गर्न देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ।

बिज्ञापन

मन्त्रालयको वातावरण तथा विपद् महाशाखाका शाखा अधिकृत सन्तोषकुमार खत्रीले पालिकास्तरीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी लागू गर्न र सोको जानकारी मन्त्रालयलाई गराउन परिपत्र गरेका हुन ।

बिज्ञापन

यसैगरी, स्थानीय समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउन तथा जनचेतना अभिवृद्धि गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि परिपत्रमा उल्लेख छ ।

त्यसैगरी, परिपत्रमा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाई प्रभावकारी मनसुन प्रतिकार्यका लागि पालिकास्तरमा मनसुन प्रतिकार्य कमान्ड पोष्ट स्थापना गरी प्रभावकारी सञ्चालन गर्न भनिएको छ ।

बिज्ञापन

मन्त्रालयले मनसुन विपद्‌को अवधिमा आवश्यक पर्ने खोज, उद्धार तथा राहत सामग्रीको व्यवस्थापन गर्न, प्रतिकार्यको लागि नगर प्रहरीलाई आवश्यक साधन स्रोतसहित तयारी अवस्थामा राख्न र पालिकामा रहेका स्वयंसेवकहरू परिचालन गर्न भनेको छ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनुसनका लागि उक्त कार्ययोजा स्वीकृत गरेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष