बरिष्ठ साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन भएको छ । ७४ वर्षीय उनको उनको आज बिहान निधन भएको हो । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान चालिसेको निधन भएको हो । गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको अहिले गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिँदै छ ।
बिज्ञापन
वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र चालिसे २००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका थिए । उनी केही समय गोरखापत्र दैनिकमा कार्यकारी अध्यक्ष,कायम मुकायम प्रधान सम्पादक भएर काम गरेका थिए ।
चालिसे प्रशिद्ध साहित्यकार समेत हुन । उनका हराएको मूर्ति,किसानबाट शिक्षा,चट्याङ्किको बाँदर,युगसन्धि उपन्यास लगायतका कृति प्रकाशित छन् ।
बिज्ञापन