सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसदको गतिरोध हटाउन र बजेटमाथिको छलफलको समय निर्धारण गर्नका लागि सभामुख घिमिरेले छलफल र बैठक आह्वान गरेका छन् ।
बिज्ञापन
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले बैठक अवरुद्ध गरिरहेका छन् । यद्यपि उनीहरुले हिजो बजेट प्रस्तुतमा कुनै विरोध गरेनन् ।
सभामुख घिमिरेले छलफलका लागि मध्याह्न १२ बजे बैठक आह्वान गरेका छन् । यस अघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफलमा जुटेका छन् ।
बिज्ञापन
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् ।
जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरुले आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् । त्यसैले संसदको अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेले छलफल तथा बैठक बोलाएको बताइएको छ ।