कांग्रेसका दुई मन्त्री कठिनाइमा

नेपाली काँग्रेसबाट मन्त्री बनेका गृह र उर्जामन्त्री चरम विवादमा परेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएर गृहमन्त्री रमेश लेखक अहिले चर्काे आलोचना खेपिरहेका छन् ।कुलमान हटाएर चरम विवादमा परेका उर्जा मन्त्री दीपक खड्का एक पछाडि अर्काे विवादित निर्णयका कारण अप्ठ्यारोमा परिरहेका छन् ।

बिज्ञापन

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थ भट्टराई अनुसन्धान प्रक्रिया अगाडि बढाइरहँदा भिजिट भिसाको आवरणमा भइरहेको ‘अघोषित मानव तस्करी’को लहरो गृहमन्त्री रमेश लेखकसम्म जोडिएको बताइन्छ । अख्तियारका अधिकारीहरुका अनुसार यस अघि नक्कली भुटानी शरणार्थी प्रकरणझैं यस पटकको मान तस्करीको यो धन्दामा शंकाको सुँइ लेखकका सचिवालयका कर्मचारीहरू बद्री तिवारी, जनक भट्ट, गणेशदत्त ओझा र विमल पौडेलहरुतिर सोझिएको छ ।

बिज्ञापन

मन्त्रीका सचिवालयमा रहेकामध्ये ओझा र पौडेल यस अघि नै भ्रष्टाचारका मुद्धामा डामिएका कर्मचारी हुन भने बद्री सदैव मन्त्रीकै सचिवालयमा घुमेर जागिरे खाने कर्मचारीका रुपमा चिनिन्छन् ।

उता, केही अगाडि एउटा बैंठकमा विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्र शाक्यलाई उर्जामन्त्री दिपक खड्काले दलालको संज्ञा दिएपछि उनी हटाउने सूचीको हिट लिष्टमा छन् । जेठ १५ गते प्रस्तुत गरिने बजेट आगामी असार मसान्तभित्र संसदबाट पारित भएपछि ऊर्जामन्त्री दीपक खड्कालगायतलाई बिदा गर्ने होमवर्क भइरहकोे काँग्रेस स्रोतले जनाएको छ । चार महिना कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई पद बाट अटाएर विवादमा तानिएका मन्त्री हुन उनी । चिनियाँ कम्पनीसँग स्वीट शेयर लिएका बिषयमा समेत विवादमा मुछिएका खड्का स्काउटको जग्गाको करोडौं भाडा नतिरेर बदनाम कमाइरहेका पात्र हुन ।

बिज्ञापन

उनी मन्त्रीबाट हट्नु अगाडि विद्युत विकास विभागले विभिन्न जलविद्युत परियोजना आफ्ना मान्छे र कम्पनीलाई जिम्मा लगाउने तयारी गरेको छ । हालसम्म पिपिए नभएको संखुवासभाको तल्लो अप्सुवा जलविद्युत परियोजना व्यापारीका पुत्रलाई जिम्मा लगाउने तयारी भएको उर्जा स्रोतले जनाएको छ ।

यता उर्जामन्त्री खड्काले मन्त्रालयमा सरुवा आतंक नै मच्चाएको गुनासो गरेका छन्,कर्मचारीहरुले ।

कतिसम्म भने अघिल्लो साता सचिव आचार्यसँगै भुटान पुगेका उपसचिव हवाई यात्राकै क्रममा सरुवामा परे । जाँदा एउटा विभागबाट गएका थिए,फर्कदा अर्को विभागमा पु¥याइयो,त्यो बिषयमा सचिव समेत अनभिज्ञ । मन्त्री खड्काको निर्णय अनुसार पाँच सहसचिवहरु सरुवामा परेका थिए । जस अनुसार,विद्युत् विकास विभागका सागरराज गौतमलाई ऊर्जा मन्त्रालयको वैदेशिक सहायता महाशाखा,वैदेशिक सहायताका सहसचिव जीवछ मण्डललाई बूढीगण्डकी,जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव डा। महेश्वर श्रेष्ठलाई नौमुरे आयोजना, मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सन्दीपकुमार देवलाई जल तथा उर्जा आयोगमा ल्याइएको थियो । बूढीगण्डकीबाट ऊर्जा महाशाखामा ल्याइएका सहसचिव चिरञ्जीवी चटौतलाई वैदेशिक सहायता महाशाखामा ल्याइएको थियो । यसरी सरुवामा परेकामध्ये जिवछ सचिव आचार्यसँगै भुटान पुगेका थिए । उनी फर्कदा अर्कै कार्यलयमा पठाइएको थियो । २/३ महिना नबित्दै सरुवामा परेका सहसचिवहरुले पत्र बुझ्न नमानेपछि मन्त्रीको सरुवा अलपत्र परेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कांग्रेसका दुई मन्त्री कठिनाइमा

३० लाख टिकटक भिडियो गायब

‘संवैद्यानिक निकायहरु रिटायर्डमेन्ट क्लब बने, कर्मचारीहरुहरुको कुलिङ पिरियड अत्यावश्यक छ’

“शिक्षा, संस्कार र समाजको पुनर्जागरणमा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ : ज्ञानहरि पौडेलको दृष्टि र दृष्टान्त”

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

बिशेष