यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका ९ निर्णयहरु

मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेका विभिन्न ९ वटा निर्णयहरु बाहिरिएको छ । जस अनुसार,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीलाई यही जेठ ११ गतेदेखि १९ गतेसम्म आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत गरेको छ ।

बिज्ञापन

यस्तै बैठकले नायब महान्यायाधिवक्ता संजीवराज रेग्मी अस्ट्रेलिया र वन तथा वातावरण राज्यमन्त्री रुपा विकको ताजिकिस्तान भ्रमण पनि स्वीकृत गरेको छ ।

बिज्ञापन

यस्तै, नेपाली सेनाको सैनिक प्राविधिक सेवाअन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप्ने, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौं संशोधन) आदेश, २०८२ स्वीकृत गर्ने क्याबिनेटको अर्को निर्णय छ । बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत पनि गरेको छ ।

नवनिर्मित चार लेनको महाकाली पुल आसपास महाकाली नदीको बीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाएर व्यवस्था गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक अस्थायी नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गरिनुका साथै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२६५८ दशमलव ६० वर्गमिटर जग्गा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष