राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका सदस्यहरु भने उच्च प्रशासकहरुलाई अवकाश लगतै हातहातै लाभको पद नदिने हो भने प्रशासन क्षेत्रका आधा विकृती सुध्रन्छ ।
यस्तो किन भनिएको हो भने,अवकाश लगतै लाभको पद पाइने आशाका कारण कतिपय उच्च प्रशासकहरु राजनीतिक नेतृत्वको गलत काममा साथ दिने गर्दछन् । तिनैलाई रिझाएर अवकाश अगावै वा अवकाश लगतै निर्वाचन आयोग,अख्तियार,महालेखा परीक्षक,लोकसेवा आयोगजस्ता संवैद्यानिक निकाय वा राजदूत पदमा नियुक्ति खान्छन् । त्यही विकृती रोक्ने उदेश्यले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले अवकाश लगतै लाभमा पदमा जान नपाइने र सो का लागि २ बर्ष समय कुर्नेुपर्ने प्रावधानसहित विद्येयक पारित गर्यो ।
बिज्ञापन
गत शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिले सा गरेको संघीय निजामती सेवा विद्येयकमा ‘कुलिङ पिरियड’को व्यवस्थासहित पास गरेपछि सोउच्च प्रशासकहरुको रुवावासी शुरु भएको छ । निर्वाचन आयोग,अख्तियार,लोकसेवा आयोगजस्ता निकाय ताकेर अहिलेका शासकहरुको एस म्यान बन्दै आएका तिनै उच्च प्रशासकहरु सो व्यवस्था हटाउन माग गर्दै नेताहरुको घर र कार्यालयमा देउसी खेल्दैछन् ।
बिज्ञापन
मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा बहालवाला सचिवहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा भेटेरै उक्त प्रावधान हटाउन निरन्तर दबाब दिइरहेका थिए ।
विहिवार उनीहरुले राष्ट्रियसभाका अध्यक्ष र सभामुखलाई भेटेर उक्त व्यवस्था हटाउन माग गरेका हुन ।
बिज्ञापन
उनीहरुले आज मध्यान्ह सभामुख देवराज घिमिरेलाई भेटेर राज्यव्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयकबाट अवकाशपछि कुलिङ पिडियडको व्यवस्था हटाउन माग गरेका हुन ।
यस्तै राष्ट्रिय सभा अध्यक्षलाई भेटेर उक्त व्यवस्था हटाउन माग गरेका छन्,उच्च प्रशासकहरुले । गत शुक्रवार राज्यव्यवस्था समितिबाट पारित भएको प्रतिवेदनमा निजामती सेवाबाट अवकाश पाएको दुई वर्ष नपुग्दै कुनै पनि कर्मचारीले संवैधानिक निकायमा नियुक्ति नपाउने व्यवस्था राखिएको छ ।
सो व्यवस्था हटाउन माग गर्दै मुख्यसचिव र सचिवहरु नेताहरुको दैलो चाहारिरहेका छन् ।
आजको भेटमा मुख्य सचिव अर्यालका अलवा श्रम सचिव कृष्णहरि पुष्कर,सञ्चार सचिव राधिका अर्याल,प्रधानमन्त्री कार्यालयका सचिवहरू चूडामणि पौडेल, राजकुमार श्रेष्ठ, फणिन्द्र गौतमहरुको समूह बनाएर सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेट गर्न पुगेका हुन ।