समितिबाट पारित निजामती विद्येयकप्रति कर्मचारीको चित्त दुखाई,११ बुँदे माग राखेर उत्रिए धर्नामा

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विद्येयक विभेदकारी भएको ठहर गर्दै कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल निजामती कर्मचारी युनियनले दश बर्ष लगाएर जारी गर्न लागिएको ऐन ल्याइँदा उल्टै कर्मचारीको वृत्ति विकासको बाटो अवरुद्ध गर्ने गरी ल्याउन लागिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्नामा बसेका छन् ।

बिज्ञापन

उनीहरुलले संघ,प्रदेश र स्थानी तह (तिनै तह)का कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नु पर्ने,कार्यालय प्रमुख हुने बाहेक शाखा अधिकृत वा आठौ तहसम्मका कर्मचारीहरू संगठीत हुन पाउनुपर्ने,पदपूर्तिको व्यवस्थामा परिमार्जन गरिनुपर्ने,कुनै पनि पदमा ५ वर्ष सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गरिनुपर्ने माग राखेका छन् ।

बिज्ञापन

यस्तै, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नु पर्ने,कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न चक्रीय र पूर्वानुमान योग्य बनाउनुपर्ने,संघ, प्रदेश तथा स्थानीय तहको जुनसुकै तहमा कार्यरत कर्मचारीले खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट अर्को तहमा नियुक्ति भएमा निजको सेवा निरन्तरताका साथै निवृत्तिभरण पाउने गरी नियुक्त भए‌को कर्मचारीले प्रदेश र स्थानीय तहमा आन्तरिक तथा खुल्ला परीक्षा उतिर्ण गरेमा निवृत्तिभरण प्राप्त गर्ने प्रावधान कायम गर्नु पर्ने माग समेत कर्मचारीहरुले राखेका छन् । यस्तै, अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगिताबाट स्थायी गर्ने र लोकसेवाबाट ०७६ सालमा नियुक्त स्थानीय तहमा कार्यरत कर्मचारीहरूको स्थानीय तहको दोहोरो सहमतिका आधारमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई कार्यरत रहेको स्थानीय तहमा पदस्थापन गर्नु पर्ने लगायतका माग राखेर उनीहरु धर्नामा उत्रिएका हुन ।

यस्ता छन्,कर्मचारीका माग

बिज्ञापन

१ निजामती कर्मचारी भन्नाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई सम्झनु पर्छ भन्ने विषय परिभाषामा समेट्नु पर्ने।

२. संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध कायम हुने गरी पेसागत हकहित र अधिकारका लागि संगठित हुन कार्यालय प्रमुख हुने बाहेक शाखा अधिकृत वा आठौ तहसम्मका कर्मचारीहरू सदस्य हुन पाँउने गरी सामूहिक सौदावाजी सहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनु पर्ने ।

३. रा.प.अनं द्वितीय श्रेणी वा सहायक चौथो तहमा पदपूर्ति गर्दा खुला ७० प्रतिशत अन्तरतह २० प्रतिशत र बढुवा १० प्रतिशत, रा.प.तृतीय श्रेणीको पदपूर्ति सम्बन्धि व्यवस्थामा खुला ५० प्रतिशत, बढुवा ४० प्रतिशत र अन्तरतह /आन्तरिक १० प्रतिशत र रा.प.द्वितीय श्रेणी वा नवौं तहको पदपूर्तिका लागि खुला १० प्रतिशत, अन्तरतह/आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र बढुवाबाट ८० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था हुनु पर्ने । साथै योग्यता पुगेका सहायकस्तर र रा.प. अन, श्रेणीका कर्मचारीहरूलाई पनि रा. प. द्वितीय श्रेणीको खुल्ला प्रतियोगितामा सहभागि हुने व्यवस्था गर्नु पर्ने।

४. कुनै पनि पदमा ५ वर्ष सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि र १० वर्ष वा सोभन्दा बढी सेवा अवधि भएको कर्मचारीलाई पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्याङ्कनवाट कम्तिमा १० प्रतिशत अंक प्राप्त गरेका, प्रचलित कानून बमोजिमको योग्यता पुगेका कर्मचारीलाई दुई तह वा एक श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने र प्राविधिक सेवामा कार्यरत कर्मचारीहरुको बढुवाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता वा सेवा प्रवेशको लागि तोकिएको तालिमलाई आधार मानी बढुवा गर्ने व्यवस्था गर्ने। साथै बढुवाको संभाव्य उमेदवार हुन राजपत्राङकित कर्मचारीको हकमा ५ वर्ष र राजपत्र अनकित कर्मचारीको हकमा ३ वर्ष कायम हुनुपर्ने ।

५. संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नु पर्ने ।

६. निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न चक्रीय र पूर्वानुमान योग्य बनाउदै सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूको सहमतिको आधारमा अन्तर प्रदेश र अन्तर प्रदेश स्थानीय तह सरुवाको व्यवस्था गर्ने।

७. संघ, प्रदेश तथा स्थानीय तहको जुनसुकै तहमा कार्यरत कर्मचारीले खुला/आन्तरिक प्रतिस्पर्धाबाट अर्को तहमा नियुक्ति भएमा निजको सेवा निरन्तरताका साथै निवृत्तिभरण पाउने गरी नियुक्त भए‌को कर्मचारीले प्रदेश र स्थानीय तहमा आन्तरिक तथा खुल्ला परीक्षा उतिर्ण गरेमा निवृत्तिभरण प्राप्त गर्ने प्रावधान कायम गर्नु पर्ने ।

८. अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगिताबाट स्थायी गर्ने र हुन नसक्ने कर्मचारीलाई स्थायी सरहको उपदान दिएर अवकाश दिने व्यवस्था गर्ने र करारमा नियुक्ति गर्नु परेमा लोकसेवा आयोगको अस्थायी सुचीमा परेका उम्मेदवारहरूलाई नियुक्ति दिने व्यवस्था गर्ने

९. लोकसेवा आयोगबाट २०७६ सालमा नियुक्त स्थानीय तहमा कार्यरत कर्मचारीहरूको स्थानीय तहको दोहोरो सहमतिका आधारमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई कार्यरत रहेको स्थानीय तहमा पदस्थापन गर्नु पर्ने।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका ९ निर्णयहरु

भिजिट भिसा प्रकरण : सहसचिवसँग बयान जारी ,चार डिभाइस नियन्त्रणमा लिएर चल्दैछ अनुसन्धान

‘कुलिङ पिरियड’ले उच्च प्रशासकहरु तनावमा,हटाउन माग गर्दै नेताहरुको घर दैलोमा

खुकुरी काण्डका आरोपितविरुद्ध मुद्दा दायर, प्रहरीले चासो नदेखाएको पीडितको आरोप

पोखरेलको नौलो अभियान :-‘घुसको विरोध,पाँच रुपैंया सहयोग’

समितिबाट पारित निजामती विद्येयकप्रति कर्मचारीको चित्त दुखाई,११ बुँदे माग राखेर उत्रिए धर्नामा

मन्त्री,उपसचिव र विचौलियाको गठजोड : दैनिक बदनाम हुँदै सामान्य प्रशासन

संसदीय समितिमाथि कर्मचारी हावी

बिशेष