‘स्थानीय सेवा ऐन’ कार्यान्वयनमा नआउँदै संशोधनको दबाब

संघीय निजामती सेवा ऐन जारी नुहँदै राजपत्र अनंकित कर्मचारीदेखि सचिव,मुख्य सचिवसम्म असन्तृष्ट छन्,उनीहरुका आ आफ्नै असन्तृष्टिहरु पोखिरेहका छन् ।
संघीय निजामती सेवा ऐनमा मात्र होइन,स्थानीय सेवा ऐनका बिषयलाई लिएर समेत स्थानीय तहका कर्मचारीहरु आन्दोलित भइरहेका छन् । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीपछि कर्णाली प्रदेशका कर्मचारीहरु समेत ऐनका कारण सडकमा उत्रने तयारी गरिरहेका छन् ।

बिज्ञापन

प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनका कारण आन्दोलित हुुँदै आएका कर्णाली प्रदेश स्थानीय तहका कर्मचारीहरुले प्रदेशका ७९ वटै स्थानीय तहमा सेवा ठप्प पार्ने तयारी गरेका छन् ।

बिज्ञापन

प्रदेश सरकारले जारी गरेको ‘स्थानीय सेवा (गठन र सञ्चालन ऐन–०८१) संशोधनको माग गर्दै उनीहरू आन्दोलित हुँदै आएका छन् ।

कर्णाली प्रदेशको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ गत असोज २९ गते जारी भएको थियो । उक्त ऐन कार्यान्वयनमा नआउँदै संशोधनको माग उठ्दै आएको छ । गत कार्तिकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऐन कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशन दिइसकेको थियो भने पुस १९ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको थियो । उक्त ऐनका कतिपय दफा, उपदफाहरु विभेदकारी भएको भन्दै त्यो वेलादेखिनै आन्दोलन सुरु भयो । त्यसपछि सरकारले संशोधन गर्ने निर्णय गर्‍यो । गत चैत्र १२ गते संशोधनसहितको विधेयक पुनः प्रदेश सभामा दर्ता गरेको थियो । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद्ले सभामा दर्ता भएको विधेयक फिर्ता लियो भने जेठ दुई गते पुनः सभामा दर्ता गराएको छ ।

बिज्ञापन

उक्त संशोधित विधेयकमा पनि तृतीय तह (मुखिया), चौथो तह, पाँचौ तह, छैठौँ तह लगायत कुनै पनि कर्मचारीको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् ।

स्थानीय तहका कर्मचारीहरुले आज बिहान १० बजे वीरेन्द्रनगरस्थित कालिन्चोकमा भेला हुने र ११ बजेदेखि तीन बजेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने तयारी गरेको छ । उनीहरुलेर उठाउँदै आएको माग पूरा नहुँदासम्म आन्दोलनका कार्यक्रम निरन्तर चल्ने कर्मचारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष