सडकका डिजीको ठाडो निर्देशन पछि ठेकेदारले सच्चायो बदनियतपूर्ण काम

सडक विभागका महानिर्देशक रामहरि पोखरेलको ठाडो निर्देशनपछि बदनियतसाथ निर्माण भएको सडक सुधार गरिएको छ ।

बिज्ञापन

गत सोमबार कर्मचारी प्रेसले ठेकेदार र प्राविधिक कर्मचारीहरुको मिलेमतोमा लापरवाही रुपमा सडक निर्माण भइरहेको बिषयमा समाचार प्रकाशन गरेको थियो ।

बिज्ञापन

सो बिषयमा सडक विभागका महानिर्देशक रामहरि पोखरेलले चासो देखाएर गुणस्तरविहिन काम गर्ने कर्मचारीदेखि ठेकेदारसम्मलाई ठाडो निर्देशन दिएसँगै गल्ती सच्चाएर सुधार गरी अहिले सडक निर्माणको काम अगाडि बढाइएको छ ।

रसुवा जिल्ला स्थित मूलखर्कमा निर्माण भइरहेको सडक निर्माणको क्रममा तल पानीको ताल त्यही माथि ढलान गरिएको थियो । यही वेथिती र विसंगतीलाई पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेलले आफ्ना क्यामरामा तस्विर र भिडियो कैद गरेका थिए ।

बिज्ञापन

सोही बिषयलाई लिएर कर्मचारी प्रेसले समाचार प्रकाशन गरेसँगै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बदमासी सच्चाएर सडक निर्माणको काम तत्काल अगाडि बढाउन ठाडो निर्देशन दिएका थिए ।

 

महानिर्देशक पोखरेलको ठाडो निर्देशन पछि भ्रष्ट प्रशासन, लापरवाह प्राविधिक र लोभी ठेकेदारहरु त्रुटी सच्चाएर काम गर्न थालेका हुन ।

निर्माणाधीन सडकमा प्रयोग हुने ग्रेड, गिट्टी, बालुवा र सिमेन्टको अनुपात तोकिए अनुसार नभएको भेटिएको थियो । त्यहाँ  ठेकेदारले लागत कम गर्न सिमेन्ट कम र माटो मिसिएको बालुवा प्रयोग गरेको भेटिएको थियो । यो बिषयमा
जिम्मेवार प्राविधिक कर्मचारीले आँखामा पट्टी बाँधेर बसेका थिए । ठेकेदार र कर्मचारीबीचको मिलेमतोमा सामग्रीको गुणस्तर परीक्षण समेत नगरिएको निर्माणस्थलमा ढलान गर्नुअघि उचित रूपमा प्लास्टिक वा लेबल नहालेको, रडहरूको जाली अनियमित र ढल्किएको, तथा फोहोर हिलोमाथि सिधै सिमेन्ट हालिएको भेटिएको थियो ।

प्राविधिक मापदण्डअनुसार, ढलान गर्नुअघि आधार सतह सफा, सुख्खा र सम्याइएको हुनुपर्ने भए पनि मूलखर्कमा भने पानीको ताल माथि नै ढलान गरिएको थियो ।

भ्रष्ट प्रशासन, लापरवाह प्राविधिक र लोभी ठेकेदार एकैथलोमा उभिएर बदमासी ढंगबाट भइरहेको सडक निर्माणको बिषयमा कर्मचारी प्रेसले कलम चलाएसँगै अहिले सुधार गरेर सडक निर्माणको काम अगाडि बढाइएको छ ।

मूलखर्कमा ढलानको नाममा खेलवाड : ठेकेदार र कर्मचारीको सेटिङमा गुणस्तरहीन काम

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

एउटै अध्यादेशले पूर्व नासुदेखि मुख्यसचिवसम्म पदमुक्त

ऐलानी जग्गामा घर बनाएको आरोपमा रास्वपा सांसद खनाल विवादमा

बिशेष