सडकका डिजीको ठाडो निर्देशन पछि ठेकेदारले सच्चायो बदनियतपूर्ण काम

सडक विभागका महानिर्देशक रामहरि पोखरेलको ठाडो निर्देशनपछि बदनियतसाथ निर्माण भएको सडक सुधार गरिएको छ ।

बिज्ञापन

गत सोमबार कर्मचारी प्रेसले ठेकेदार र प्राविधिक कर्मचारीहरुको मिलेमतोमा लापरवाही रुपमा सडक निर्माण भइरहेको बिषयमा समाचार प्रकाशन गरेको थियो ।

बिज्ञापन

सो बिषयमा सडक विभागका महानिर्देशक रामहरि पोखरेलले चासो देखाएर गुणस्तरविहिन काम गर्ने कर्मचारीदेखि ठेकेदारसम्मलाई ठाडो निर्देशन दिएसँगै गल्ती सच्चाएर सुधार गरी अहिले सडक निर्माणको काम अगाडि बढाइएको छ ।

रसुवा जिल्ला स्थित मूलखर्कमा निर्माण भइरहेको सडक निर्माणको क्रममा तल पानीको ताल त्यही माथि ढलान गरिएको थियो । यही वेथिती र विसंगतीलाई पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेलले आफ्ना क्यामरामा तस्विर र भिडियो कैद गरेका थिए ।

बिज्ञापन

सोही बिषयलाई लिएर कर्मचारी प्रेसले समाचार प्रकाशन गरेसँगै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बदमासी सच्चाएर सडक निर्माणको काम तत्काल अगाडि बढाउन ठाडो निर्देशन दिएका थिए ।

 

महानिर्देशक पोखरेलको ठाडो निर्देशन पछि भ्रष्ट प्रशासन, लापरवाह प्राविधिक र लोभी ठेकेदारहरु त्रुटी सच्चाएर काम गर्न थालेका हुन ।

निर्माणाधीन सडकमा प्रयोग हुने ग्रेड, गिट्टी, बालुवा र सिमेन्टको अनुपात तोकिए अनुसार नभएको भेटिएको थियो । त्यहाँ  ठेकेदारले लागत कम गर्न सिमेन्ट कम र माटो मिसिएको बालुवा प्रयोग गरेको भेटिएको थियो । यो बिषयमा
जिम्मेवार प्राविधिक कर्मचारीले आँखामा पट्टी बाँधेर बसेका थिए । ठेकेदार र कर्मचारीबीचको मिलेमतोमा सामग्रीको गुणस्तर परीक्षण समेत नगरिएको निर्माणस्थलमा ढलान गर्नुअघि उचित रूपमा प्लास्टिक वा लेबल नहालेको, रडहरूको जाली अनियमित र ढल्किएको, तथा फोहोर हिलोमाथि सिधै सिमेन्ट हालिएको भेटिएको थियो ।

प्राविधिक मापदण्डअनुसार, ढलान गर्नुअघि आधार सतह सफा, सुख्खा र सम्याइएको हुनुपर्ने भए पनि मूलखर्कमा भने पानीको ताल माथि नै ढलान गरिएको थियो ।

भ्रष्ट प्रशासन, लापरवाह प्राविधिक र लोभी ठेकेदार एकैथलोमा उभिएर बदमासी ढंगबाट भइरहेको सडक निर्माणको बिषयमा कर्मचारी प्रेसले कलम चलाएसँगै अहिले सुधार गरेर सडक निर्माणको काम अगाडि बढाइएको छ ।

मूलखर्कमा ढलानको नाममा खेलवाड : ठेकेदार र कर्मचारीको सेटिङमा गुणस्तरहीन काम

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कान्छा सहसचिवलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति,पत्नीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर

निजामती विद्येयकमा छेडखानी : विशेष समितिको बैठक सिंहदरबारमा शुरु

मध्यरातीदेखि सूत्र, टीएसए र सिगास साता दिनको लागि बन्द, सरकारी खाता रोक्का

भैरव अर्यालका पुत्र त्रिविका उपकुलपतिमा नियुक्त

काँग्रेसको असहमतिपछि कार्यसूचीबाट हट्यो भूमिसम्बन्धी विद्येयक

सरकारी कर्मचारीहरु नै मुछिए सिण्डिकेटमा

लोकसेवा परीक्षामा बदमासी गर्ने तीन उमेद्धार : परीक्षा रद्धदेखि दुई बर्षसम्म निलम्बनमा

बिशेष