सरकारी कर्मचारीलाई यसरी पनि सताउँछन्,सेवाग्राही

प्रहरीको निशुल्क उपलव्ध हुने नम्बर एक सय,हेलो सरकार,एम्बुलेन्स लगायतका नम्बरमा कल गरेर झुक्याउने,फोन गर्ने,अनेकथरी गुनासो गर्ने,नेपाल टेलिकमको १९७ मा फोन गरेर प्रंयाक गर्ने गरेको बेला बखत सुनिएकै हो । फेरि यस्तै घटनाक्रम देखिएको छ,वैदेशिक रोजगार विभागमा ।

बिज्ञापन

रमाइलोका लागि ती व्यक्तिले टिपाएको गलत सूचना र गुनासोका कारण कर्मचारीहरुले हत्तु खाएका छन् । विभागका कल सेन्टरमा फोन गरेर सरकारी कर्मचारीहरुलाई हत्तु हैरान खेलाउने एक व्यक्ति फन्दामा परेका छन् । पछिल्लो समय वैदेशिक रोजगार विभागमा महानिर्देशकको कुर्सीमा कमल भट्टराई र उपसचिव टीकाराम ढकालको टिम पुगेको छ । सो टिमले एक्सन लिएर काम गरिरहेको छ ।

बिज्ञापन

यसैबीच गत साता विभागमा एउटा उजुरी आयो । उजुरकर्ताले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित श्रमाधान कल सेन्टरमा आफू एक म्यानपावरबाट दुवई जान लागेको र २ लाख ३५ हजार रुपैया दिएको तर आजको मितिमा फ्लाईट छ भनी हाल सम्पर्कमा नरहेको भन्दै उजुरी गर्दछन्,यसरी उजुरी गर्ने व्यक्ति हुन,पोखराका राजेन्द्र (नाम परिवर्तन) ।

सो विषय कल सेन्टरको अनलाईन प्रणालीबाट वैदेशिक रोजगार विभागमा पुग्छ र महानिर्देशक कमल प्रसाद भट्टराईले तत्काल अनुगमन गरी कारवाही गर्न आदेश दिन्छन्। विभागको अनुगमन टोलि जेठ १ गते उजुरीमा उल्लेख भएको म्यानपावरमा अकस्मात अनुगमन गर्न निस्कन्छन र वैदेशिक रोजगारमा जाने श्रमिकको समस्या तत्काल समाधान गर्न र लिखित जवाफ पेश गर्न निर्देशन दिएर आउँछ।

बिज्ञापन

यस बखत उजुरीकर्ता नेपालबाट दुबईको उडानमा नयाँ दिल्लीको ट्रान्जिटमा रहेको हुन्छ। यसै बीच उक्त म्यानपावरले उजुरीकर्ताको खास समस्या बुझी समाधान गर्ने उद्देश्यले उनको मात्र उडान रद्द गरी नेपाल फिर्ता बोलाउँछ। आईतबार विभागमा दुबै पक्ष उपस्थित भई निवेदन प्राप्त भएपछि थाहा हुन्छ कि उजुरीकर्ताले आफू विदेश जानेबेला एअरपोर्टमा श्रमाधानको सूचना राखेको देखी निःशुल्क कल हुने भएकोले खाली समयमा कल सेन्टरमा विचार गर्न कल गरेका रहेछन्।

निज उजुरीकर्ताले आफूले गल्ति गरेको र यस्तो गल्ती आइन्दा नदोहोर्याउने भनी क्षमायाचनाको निवेदन विभागमा दर्ता गराएका छन् भने आरोपी म्यानपावरले पनि विभागको अनुगमन र निर्देशनलाई पालना गर्न निज उजुरीकर्तालाई नेपाल झिकाएको र अब छिट्टै पुनः दुबईतर्फ उडाउने प्रतिवद्धता जनाएको अनुगमन शाखाका निर्देशक टिकाराम ढकालले बताए।
उनले कोही कसैले पनि झुट्टा विवरण उल्लेख गरी उजुरी नगर्न र आफू वैदेशिक रोजगारीका सम्बन्धमा वास्तविक रुपमा अफ्टेरोमा परेको भए जुनसुकै बेला तत्काल विभागका महानिर्देशक, गुनासो सुन्ने अधिकारी, सम्बन्धित निर्देशक, कल सेन्टर या कुनैपनि उपयुक्त माध्यममा प्रमाण सहित उजुरी गर्न सम्पूर्णमा अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष