भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरूको विदेश भ्रमणलाई संघीय मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ ।

बिज्ञापन

एमालेका महासचिवको ज्वाईका हकमा यस्तो कानुनी व्यवस्था अनिवार्य छैन । यस्तै देखिएको छ । एमाले महासचिव शंकर पोखरेलका भाञ्जी ज्वाई समेत रहेका लुम्बिनी प्रदेशका उद्योग मन्त्री प्रचण्ड विक्रम न्यौपाने प्रचलित कानुनी व्यवस्थाको धज्जी उडाउँदै थाइल्याण्ड पुगेको भेटिएको छ ।

बिज्ञापन

दाङ्ग जिल्लावासी राजदूत धनबहादुर ओलीको निमन्त्रणामा मन्त्री न्यौपाने त्यता पुगेका हुन । थाइल्यान्डका लागि नेपाली राजदूतावास, बैंककले बुद्ध जयन्तीको अवसर पारेर “लुम्बिनीः भगवान् गौतम बुद्धको जन्मस्थान, विश्व शान्तिको मुहान“ विषयक कार्यक्रमको आयोजनामा भाग लिन मन्त्री न्यौपाने संघीय सरकारको स्वीकृति विनै थाइल्याण्ड पुगेका हुन । न्यौपाने प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रीको भूमिकामा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार,उनले संघीय सरकारबाट भ्रमण स्वीकृति लिएका छैनन् । उसो त न्यौपाने मातहतकै निकायबाट नक्कली लाइसेन्स खुलेआम विक्री वितरण भइरहेको बिषयमा अख्तियारले समेत चासो दिएर हाल हालेको स्थिति छ । प्रदेशको एउटै यातायात कार्यालयबाट मासिक तीन करोड घुसको लेनादेना हुने गरेको भेटिएसँगै अख्तियारले यो प्रकरणमा हात हालेर अनुसन्धान गरिरहेको छ ।

गुन्टु उपनामबाट चर्चित मन्त्री न्यौपाने नेपाली काँग्रेसमा पनि शेखर कोइराला खेमाको खास पात्र हुन । यस अघि गगन थापाहरु नै न्यौपानेलाई मन्त्रीबाट हटाउन लागिपरेका थिए । लाइसेन्स प्रकरणमा । शंकर पोखरेलको बहिनीको छोरी विवाह गरेको उनी निर्वाचनमा उत्रिएपछि त्यो समय उनी विरोधी खेमाकाहरु ‘तल ज्वाईलाई माथि दाईलाई हराऔं’अभियानै चलाएका थिए तर ज्वाईले जितेर मन्त्री भए दाइ हारेर पार्टीको महासचिव ।

बिज्ञापन

उता यही भ्रमणमा लुम्बिनीका पालिकाका मेयर,उपमेयरसहित कर्मचारीको जम्बो टोली नै थाइल्याण्ड उडेको भेटिएको छ । त्यो पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति वेगर थाइल्याण्ड सफरमा निस्कने टोलीमा सिद्धार्थ नगरपालिका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, लुम्बिनी सांस्कृतिक नगरपालिका उपमेयर कल्पना हरिजन र प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली,देवदह नगरपालिका उपमेयर विद्यालक्ष्मी गुरुङ, रामग्राम नगरपालिका उपमेयर सम्झना चौधरी, तिलोतमा नगरपालिका उपमेयर जागेश्वरी देवी चौधरीको टोली समेत सो कार्यक्रममा पुगेका छन् । पालिकाकै खर्चमा जनप्रतिनिधि र कर्मचारीहरु थाइल्याण्ड पुगेको बताइएको छ । एकातिर राज्यकोष तन्नम हुँदैछ,अर्काेतिर जनप्रतिनिधिहरु लगाम विनाको घोडा । यसरी संघीय सरकारको अनुमति वेगर थाइल्याण्ड पुगेका मन्त्रीदेखि जनप्रतिनिधिको उपलव्धी फोटो सेसन गर्नेबाहेक अरु देखिन्न भन्छन्,लुम्बिनीकै स्थानीय तहकै जनप्रतिनिधिहरु ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष