महत्वपूर्ण विषय समावेश नगरी विद्येयक पारित गरिएकोमा कर्मचारी युनियनको आपत्ति

कर्मचारीहरुले उठाउँदै आएका महत्वपूर्ण बिषय समावेश नगरी राज्य व्यवस्था तथा तथा सुशासन समितिबाट पारित भएको प्रतिवेदनप्रति नेपाल निजामती कर्मचारी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।

बिज्ञापन

उक्त प्रतिवेदनले कर्मचारीको मनोवल कमजोर र कार्यसम्पादन क्षमतामा समेत ह्रास आउने कर्मचारी युनियनले जनाएको छ । कर्मचारी संघ सघठनहरुले माग गर्दै आएका बिषयबस्तुलाई समावेश नगरी पारित भएको संघीय निजामती सेवा विद्येयकका कारण कर्मचारीको मनोवल कमजोर हुने र कार्यसम्पादन क्षमतामा ह्रास आउने भएको हुँदा मागलाई सम्बोधन गर्न आह्वान गरिएको छ ।

बिज्ञापन

नेपाल निजामती कर्मचारी युनियन संघका कार्यवहाक अध्यक्ष उत्तम कटवाल र महासचिव जनक रावलद्धारा जारी विज्ञप्तिमा ५ वर्ष सेवा अवधि पुरा गरेकालाई एक तह र १० बर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी बढुवाको व्यवस्था गर्नुपर्ने, ६० वर्षे उमेरहद ६,६ महिनाका दरले लागू गर्नुपर्ने, अतिरिक्त सचिवको निश्चित सेवा अवधि कायम गर्नुपर्ने विगतदेखि उठाउँदै आएको माग सम्बोधन गर्न आह्वान गरिएको छ ।

यस्का अलवा कर्मचारीका वृत्ति विकासका विषय, संघ,प्रदेश र स्थानीय तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने, एकपटकलाई समायोजन पुनरावलोकन गर्नुपर्ने, उपसचिव,सहसचिवको प्रतिस्पर्धाका लागि साविकको व्यवस्थाबमोजिम क्रमश ५ वर्ष र ७ वर्ष सेवा अवधि कायम गर्नुपर्ने र खुलातर्फको विज्ञापनमा तोकिएको शैक्षिक योग्यता र सेवा अवधि भएका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने कर्मचारीहरुको माग छ ।

बिज्ञापन

एउटै कर्मचारीले जागिरे जीवनमा १८ बर्ष सम्म बढुवा हुन नसकी एउटै पदमा काम गर्नु पर्ने बाध्यता, समायोजनबाट सृजित समस्या, अन्तरप्रदेश सरुवाको अभाव, कमजोर सेवाको सुरक्षा र न्यून सेवा सुविधाका कारण कर्मचारीहरुको मनोबल अत्यन्तै कमजोर बन्दै गएको उल्लेख गरिएको छ ।

यस्तै,श्रेणीविहीन पदमा साविकको पदपूर्तिको व्यवस्था कायम गर्ने र तह संख्या थप गरी तहवृद्धि गर्नुपर्ने, करारका कर्मचारीलाई समूचित व्यवस्थापन एवम् आवश्यक सेवा सुविधाको व्यवस्था लगायतका महत्वपुर्ण विषयहरुलाई समावेश नगरी राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भएको विषयप्रति नेपाल निजामती कर्मचारी युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यी बिषयलाई अनिवार्य रुपमा सम्बोधन गर्न माग गरिएको छ ।

माग सम्बोधन नभएमा काम रोक्ने सम्मका सशक्त आन्दोलन गर्न बाध्य हुनपर्ने अवस्था सिर्जना हुने भएकाले तिनै तहमा कार्यरत युनियनकर्मी साथीहरु लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई तयार रहन आवह्वान समेत गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. टीका ढकालको गजल

निजामती कर्मचारीलाई लक्षित गरी भोलिदेखि सिभिल अस्पतालको सध्याकालीन सेवा

Customs employee involved in crores of rupees’ worth of swag theft, customs chief suspended

कसरी जोगाउने मृगौला : के खाने,के नखाने ?

थपिएको छ– मोटोपन

परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

बिशेष