१३ जना अधिकृतहरुको सरुवा

न्याय सेवा आयोगले १३ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । आयोगले प्रदेशका मन्त्रालय,विभिन्न मन्त्रालय,आयोग,विभागमा रहेका अधिकृतहरुको सरुवा गरेको हो ।
जस अनुसार,सामाजिक विकास मन्त्रालय कोशीबाट कानुन अधिकृत निर्मल भट्टराईलाई प्रदेश सभा सचिवालय मधेश प्रदेशमा खटाइएको छ भने अर्थमा दरबन्दी रही काजमा सामाजिक विकास मन्त्रालय लुम्बिनीमा कार्यरत रहेका प्रेम पन्थीलाई सोही प्रदेशको उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै,सार्वजनिक खरिद अनुगमनमा दरबन्दी रहेर काजमा खानेपानी मन्त्रालयमा कार्यरत संगीता महर्जनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । सुजाता भण्डारी लुम्बिनी प्रदेशबाट भाषा आयोग,स्वास्थ्य मन्त्रालयबाट सेनाबहादुर श्रेष्ठलाई कानुन मन्त्रालय,काजमा राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत रहेका अजित केशरी केन्द्रमै सरुवा मिलाइएको छ ।
सूची अनुसार,प्रजु डोटेललाई कानुन आयोगबाट कानुन मन्त्रालयमा सरुवा गरिएको छ भने निरकुमार विश्वकर्मालाई वैदेशिक रोजगार विभागमा सरुवा गरिएको छ । उनी सोही कार्यालयमा काजमा कार्यरत थिए ।
मधेश प्रदेशको प्रदेशसभामा कार्यरत चन्दकुमार ठाकुरलाई कोशी प्रदेश,सामाजिक विकास मन्त्रालय,काजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा कार्यरत रहेका नविन पौडेललाई कानुन मन्त्रालयमा ल्याइएको छ ।
यस्तै बाबुराम भण्डारीलाई पनि मन्त्रालयमै ल्याइएको छ । काजमा सत्यनिरुपणमा कार्यरत रहेका सुचना सुनारलाई मन्त्रालयमै ल्याइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमा काजमा कार्यरत अपेक्षा अधिकारीलाई निजामती किताबखानामा पठाइएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढी विस्थापित साढे सात हजारलाई अस्थायी आवासको प्रवन्ध गर्ने जिम्मेवारी सहसचिव जोशीको काँधमा

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बिशेष