जनताको मतद्धारा प्रतिनिधि सभामा चुनिएका सांसदहरुका थरी थरी काण्ड बाहिरिएका छन् । कोही मानव वेचविखनजस्ता गम्भीर अपराधमा मुछिएर प्रहरी हिरासतमा पुगेका छन् भने सहकारी ठगी प्रकरणमा जोडिएर अर्काे सांसद हिरासतमै छन् । यस्तै,सहकारी ठगी प्रकरणमा जोडिएकी एक सांसद फरार छिन् । बिहिबारमात्र काँग्रेसका एक वहालवाला सांसदमाथि भ्रष्टाचार मुद्धा चलेसँगै उनी पनि निलम्बनमा परेका छन् ।
बिज्ञापन
बिहिबार टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्तारूढ कांग्रेस नेता मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या ३ पुगेको छ । जसमध्ये दुई कारागारमा छन् ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनी विरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो कायम गरी बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । योसँगै बस्नेत सांसद पदबाट स्वतः निलम्बनमा परेका छन् ।
भ्रष्टाचारसम्बन्धी ऐन अनुसार कुनै पनि बहालवाला कर्मचारी र सांसद उपर मुद्धा चलेसँगै उ स्वत निलम्बनमा पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार तत्कालका लागि बस्नेत निलम्बनमा परेका हुन । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बन भएको हो ।
बिज्ञापन
बस्नेत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसअघि सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । उच्च अदालत बुटवलको आदेशमा लामिछाने अहिले थुनामा छन् । लामिछाने चितवन ३ बाट निर्वाचित सांसद हुन् ।
यस्तै भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन छ । रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।
विभिन्न फौजदारी अभियोगमा मुद्दा दायर भएपछि एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी, रास्वपा सभापति समेत रहेका रवि लामिछाने निलम्बनमा छन् । यस्तै राप्रपाकी सांसद गीता बस्नेत फरार छिन्।
रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराध अभियोगमा २ वर्षदेखि निलम्बनमा छन् । रास्वपा सभापति तथा सांसद लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायरपछि निलम्बनमा छन् । सहकारी ठगी आरोपमा राप्रपाकी बस्नेत फरार छिन् ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेसकै सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले निलम्बन फुकुवा भई प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन् ।