निजामतीमा ३८ बर्ष बिताएर अवकाशमा गए सिंह,असारभित्रै घर जाँदैछन्,अन्य चार सचिव

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका छन् । निजामती सेवामा ३८ बर्ष बिताएर सिंह अनिवार्य अवकाशमा गएका हुन ।

बिज्ञापन

३८ बर्ष निजामती सेवामा बिताउँदा झण्डै ४१ वटा सरकारी निकायमा रहेर काम गरेका सिंह पर्यटन सचिवबाट अवकाश भएका हुन । सिंह यस अघि महालेखा नियन्त्रक,गृह सचिव,संघीय मामिला तथा सामान्य प्रशासनको सचिव चलाए ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारीको रुपमा चार वटा जिल्ला कमाण्ड गरेका सिंहले कोशी प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको सचिवको साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा महानिर्देशक, सूचना तथा सञ्चार मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, जलस्रोत मन्त्रालय, स्थानीय विकास मन्त्रालय, ललितपुर महानगरपालिकाका साथै विभिन्न जिल्लाहरुमा एलडिओका रुपमा समेत कार्यअनुभव बटुले । ०४३ सालमा नायब सुब्बा तहबाट निजामती सेवामा पाइला राखेका कैलालीको धनगढीको हसनपुरमा जन्मिएका सिंह गृहका क्याडर कर्मचारीका रुपमा चिनिन्थें ।

सिंह पछि अबको पाँच दिन पछि सचिव गणेशप्रसाद पाण्डे अनिवार्य अवकाशमा जाँदैछन् । हाल महालेखा नियन्त्रक रहेका पाण्डे यही वैशाख ३० गते घर जानेमा पर्छन् । यस्तै अर्काे महिना कानुन, न्याय, तथा संसदीय मामिला उदयराज सापकोटा सापकोटा अवकाशमा जाँदैछन् । व्यवस्थापिका संसद् सचिवालयका सचिव सुदर्शन खड्का ०८२ साल जेठ ३० गते अवकाश हुँदैछन् । यस्तै ०८२ असार ६ गते वामदेव अधिकारी जागिरबाट घर जानेको सूचीमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष