अदालतभित्र छिर्यो अख्तियार : कपिलवस्तुपछि परासीका कम्युटर अपरेटर रंगेहात पक्राउ

न्यायालयभित्र कर्मचारीवृत्तमा हुने घुसखोरीमा विरलै हात हाल्ने अख्तियारले पछिल्ला केही समय यता अदालतभित्र सक्रियता देखाएको छ ।

बिज्ञापन

गत कार्तिकमा मात्र जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्यूटर अपरेटर विकास पाण्डे २० हजार रुपैंया घुससहित पक्राउ परे ।

बिज्ञापन

बेरितको बण्डा मुचुल्का बदर गरी पुनः बण्डा मुचुल्का गरिदिने तथा तारेख दिने भन्दै सेवाग्राहीसँग २० हजार घुस लिएको अबस्थामा तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएर अख्तियारले गत मंसिर २१ मा विशेष अदालतमा मुद्धा दायर गरेकोमा अख्तियारले मुद्दा दायर गरेको दुई महिनापछि विशेषबाट फैसला आएको हो।

सेवाग्राहीसँग फैसला कार्यान्वयनका क्रममा भएको बन्डा मुचुल्का बदर गरिदिने भनी उनीहरूले घुस मागेको खुलेको थियो। यस तथ्यलाई साबित गर्ने अडियोसमेत संलग्न प्रमाण अख्तियारले अदालतमा पेस गरेको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर गर्दै उनीहरुलाई दश दश हजार रुपैंयाका दरले जरिवाना गर्ने आदेश गरेको थियो फागुनमा । विशेषले घुस रकम २० हजार रुपैयाँ रहेकोले उक्त रकम बिगो कायम गर्दै उक्त रकम जफत तथा दुवैजनालाई जनही १०–१० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ। यसैगरी, तहसिलदार मिश्रलाई दुई महिना र पाण्डेयलाई एक महिना कैद सजायसमेत सुनाइएको छ।

बिज्ञापन

यो प्रकरण मत्थर हुन नपाउँदै फेरि जिल्ला अदालत परासीमा कार्यरत एक कम्प्युटर अपरेटर २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हीनन्दनको बेलासपुर चोकबाट पक्राउ गरेको हो ।

सो अदालतमा कार्यरत कम्यूटर अपरेटर राम लखन बनियाँलाई दुई लाख घुससहित बुटवलस्थित अख्तियार कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिएको आरोप छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष