निजामती सन्तती छात्रवृत्तिको नतिजा सार्वजनिक :- ६४२ ‘सेलेक्ट’,१२९ ‘रिजेक्ट’

सरकारले निजामती कर्मचारीका सन्ततिलाई दिइने छात्रवृत्तिको नतिजा प्रकाशन गरेको छ । सामान्य प्रशासनको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिमा ७७१ जनाले आवेदन दिएका भए ६४२ को प्रस्ताव स्वीकार भएको र सो को प्रारम्भिक नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयको चालु आर्थिक बर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन माग गरेको थियो । समयसीमा भित्र छात्रवृत्तिका लागि आवेदन दिएकामध्ये १२९ को प्रस्ताव रिजेक्ट भएको मन्त्रालयले जनाएको छ । उक्त प्रक्रियामा सामेल भएका ७७१ मध्येबाट सचिवालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

प्रक्रियामा सामेल भएर छनोटमा चित्त नबुझेका तथा गलत विवरण पेश गरेर छनोटमा परेकालाई गुनासो तथा उजुरी दिन भने आह्वान गरिएको छ । १५ दिनभित्र आधार र कारणसहित परेका उजुरीउपर छानबिन गरेर कसैले त्रुटि गरेको भेटिएमा कारबाही गर्ने सचिवालयले जनाएको छ ।

सरकारले निजामती सेवा ऐन २०४९,स्वास्थ्य सेवा ऐन ०५३,व्यवस्थापिका संसद ऐन ०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततीका लागि यस्तो वृत्ति उपलव्ध गराउदै आएको छ ।

बिज्ञापन

अघिल्लो बर्ष यस्तो वृत्तिका लागि २१ करोड रकम छुट्टाइएकोमा यस आर्थिक बर्षमा २२ करोड रकम छुट्टाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष