५ सचिवको पदस्थापन तथा सरुवा

बागमती प्रदेश सरकारले मंगलबार संघीय सरकारबाट सरुवा भई आएका सचिव(सहसचिव) हरुको सरुवा तथा पदस्थापन गरेको छ । प्रदेश सरकारले संघीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गरेको हो भने २ सचिवको जिम्मेवारी हेरफेर गरेर सरुवा गरेको हो ।

बिज्ञापन

हेमराज भुसाललाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयमा झलकराम अधिकारीलाई र वैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

बिज्ञापन

सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रदेशसभा सचिवालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई जिम्मेवारी दिइएको छ त्यस्तै सामाजिक विकास मन्त्रालयको सचिवमा हाल उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको कार्यरत सचिव बिनु बज्राचार्यलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरुजचन्द्र लामिछानेले बताए ।

उनका अनुसार बैठकले उद्योग मन्त्रालय अन्तर्गत भूउपभोग परिषद् गठन गरी २ जना विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । जसमा पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष