५ सचिवको पदस्थापन तथा सरुवा

बागमती प्रदेश सरकारले मंगलबार संघीय सरकारबाट सरुवा भई आएका सचिव(सहसचिव) हरुको सरुवा तथा पदस्थापन गरेको छ । प्रदेश सरकारले संघीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गरेको हो भने २ सचिवको जिम्मेवारी हेरफेर गरेर सरुवा गरेको हो ।

बिज्ञापन

हेमराज भुसाललाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयमा झलकराम अधिकारीलाई र वैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

बिज्ञापन

सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रदेशसभा सचिवालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई जिम्मेवारी दिइएको छ त्यस्तै सामाजिक विकास मन्त्रालयको सचिवमा हाल उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको कार्यरत सचिव बिनु बज्राचार्यलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरुजचन्द्र लामिछानेले बताए ।

उनका अनुसार बैठकले उद्योग मन्त्रालय अन्तर्गत भूउपभोग परिषद् गठन गरी २ जना विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । जसमा पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष