सामान्य प्रशासनको तीन महिनाको प्रगति : १०६० को सरुवा,३६१ जना बढुवा

सरकारले पछिल्लो तीन महिनामा १०६० जना कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार खरिदारदेखि सहसचिव तहसम्मका गरी १०६० जना कर्मचारी यो अवधिमा सरुवा भएका हुन । मन्त्रालयका संघीय तथा स्थानीय शाखाबाट ती कर्मचारीहरु सरुवा भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो तीन महिनामा ३६१ जना कर्मचारी बढुवा भएको जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार गत माघ १ गते देखि चैत्र १ सम्मको तीन महिनाको अवधिमा सहसचिवबाट सचिवमा ११ जना,उप सचिवबाट सहसचिवमा ८८ जना बढुवा भएको जनाएको छ । यस्तै २३९ जना शाखा अधिकृतहरु यही अवधिमा उपसचिवमा उक्लिएका छन् । मन्त्रालयका अनुसार,शाखा अधिकृत तहमा २३ जना बढुवा भएका छन्,पछिल्लो तीन महिनामा ।


यस्तै यही बीचमा स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट २१० उपसचिवहरुको सरुवा भएको मन्त्रालयले जनाएको छ । शाखा अधिकृत १६५ र नासु र खरिदार तहका ३९ जना कर्मचारीको सरुवा भएको जनाइएको छ । यस्तै ७६ जनालाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । यो शाखाबाट ४१४ कर्मचारी सरुवा भएका छन्,तीन महिनामा ।

बिज्ञापन

मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले यही अवधिमा सहसचिव तहका ९५,उपसचिव तहका १२६,शाखा अधिकृत तहका कर्मचारी १७७ र राजपत्र अनंकित तहका २४८ कर्मचारीको सरुवा गरेको छ । संघीय शाखाले पछिल्लो तीन महिनाको अवधिमा ६४६ जना कर्मचारीहरुको सरुवा भएको छ ।
मन्त्रालयका संघ,स्थानीय शाखाबाट तीन महिनाको अवधिमा १ हजार ६० कर्मचारीको सरुवा हुँदा यही अवधिमा १७३ जनाले नियुक्ति पाएको मन्त्रालयले जनाएको छ । यस्तै २७ जनाका लागि मन्त्रालयले सरुवा सहमति दिएको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष