सत्यनिरुपण आयोगको अध्यक्षमा पूर्व मुख्य सचिवको सम्भवना कति ?

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका लागि ३४ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ । जस अनुसार आयोगका अध्यक्षका लागि पूर्व मुख्य सचिवदेखि न्यायधीश अग्निप्रसाद थपलिया,अच्युतराज भण्डारी,डिल्लीराज आचार्य,महेश थापादेखि पूर्व मुख्य सचिव लीलादेवी गड्तौला,विजयसिंह सिजापति,शेरबहादुर केसीसहित ८ जनाको नाम संक्षिप्त सूचीमा परेको छ ।यस्तै संक्षिप्त सूचीमा कविता पाँडे, कुमारी कौशल्या ओझा, कुलप्रसाद शर्मा, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी र गोपाल नाथ योगी रहेका छन् । उनीहरु सदस्यका लागि संक्षिप्त सूचीमा परेका हुन । यस्का अलवा गोपाल प्रसाद लम्साल, टीकाप्रसाद ढकाल, नरेन्द्र कुमार केसी, नवल किशोर यादव, नागेन्द्र लाल कर्ण, पदम बहादुर शाही, ब्रहमदेव राय यादव, डा श्री मान बहादुर विश्वकर्मा, राजु प्रसाद चापागाई, राम कुमार आचार्य, रामकान्त तिवारी र रेश्मा थापाको नाम पनि संक्षिप्त सूचीमा राखिएको छ ।

बिज्ञापन

यी मध्ये अध्यक्षका प्रवल दावेदार देखिन्छन्,लीलादेवी गड्तौला । गड्तौला नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेर रेकर्ड राखेकी थिइन । ०२३ साल भदौ १५ मा तेर्‍हथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन् । उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् । उनले करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।
शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तिर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव,२०७७ मा सचिव र २०८१ असार ३१ मा कामु मुख्यसचिव बनेर रकेर्ड कायम गरेकी थिइन ।
गड्तौलाका अलवा त्यहाँ अध्यक्षका दावेदार बनेकाहरुमा पूर्व न्यायधिश,अधिवक्ताहरु रहेका छन् । यसअघि यी दुई आयोगका पदाधिकारी र सदस्यका लागि आवेदन दिएका १११ आवदेकहरुमध्ये ३४ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ।

बिज्ञापन

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको नाम छनोट तथा सिफारिस समितिले संक्षिप्त सूचीमा परेकाहरुको प्रस्तुतीकरणको प्रक्रिया पनि सँगै अघि बढाइएको छ । प्रस्तुतीकरण वैशाख २४ गतेदेखि सुरु भई २६ गते सकिने छ ।

संक्षिप्त सूचीमा परेकामध्ये हेविवेट देखिएकी गड्तौलालाई नै सरकारले आयोगको अध्यक्ष नियुक्ति गर्ने सम्भवना प्रवल रहेको जानकारहरु बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष