दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ।
बिज्ञापन
जिल्लाकै एक महिलाले आफूमाथि बलात्कार भएको र सन्तान समेत जन्मिएको भन्दै जाहेरी दिएकी हुन्। मेयरसँगको सम्बन्धबाट ती महिलाले दुई महिनाअगाडि शिशुलाई जन्म दिएको खुलेको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मेयर अधिकारीविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएको खुलेको छ । करणीको उजुरी परेपछि मेयर वेपत्ता भएका छन् ।
उपमेयर चन्द्रकिशोर थारुका अनुसार मेयर अधिकारी आज कार्यालयमा आएनन् ।