सचिव बैठकमा मुख्यसचिव अर्यालका १०५ निर्देशन,कार्यान्वयनमा उदासीन

निर्देशन दिने कार्यान्वयन नहुने रोग नेपालको प्रशासनिक क्षेत्रमा कुनै नौलो होइन । एकनारायण अर्याल मुख्य सचिव भए यता मात्र मुलुकको प्रशासनिक सुधारका लागि १०५ वटा निर्देशन दिएका छन्,यद्यपि कार्यन्वयन हुन सकेको छैन ।

बिज्ञापन

यही बीचमा वैशाख पहिलो साता बसेको सचिव बैंठकले थप  १० निर्णयहरु गरेको छ । हिजो बसेको बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) को प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग र मातहत निकायलाई समयमै निर्णय र कार्य गर्न निर्देशन दिएको छ।

बिज्ञापन

यस्तै,एक साताभित्र आ आफ्ना मन्त्रालय,कार्यालय विभागका वेरुजुको परिणाम तालिका तयार पारेर महालेखमा पठाउने,नेपाललाई ग्रे–लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतिकरण, २०८२’ कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गृह मन्त्रालयले आ–आफ्ना कार्ययोजना बनाएर काम गर्ने, कार्ययोजनाको प्रगति प्रत्येक महिनाको सचिव बैठकमा समीक्षा गर्ने, यस्तै मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको सुरक्षाका लागि अनिवार्य ‘ई–गेट पास’ को व्यवस्था गरिने लगायतका निर्णय भएका छन् ।

त्यसैगरी, चालु आर्थिक वर्षभित्र प्रत्येक मन्त्रालय तथा निकायले कायम बेरुजुको कम्तीमा ६० प्रतिशत फछ्र्यौट गर्नेगरी कार्ययोजना बनाएर कार्य गर्ने, प्रदेशका प्रमुख सचिवहरुले आफ्ना प्रदेश र स्थानीय तहमा सो विषयबारे जानकारी गराएर बेरुजु फछ्र्यौटलाई प्राथमिकतामा राखेर काम गर्ने, एकीकृत डाटा व्यवस्थापन केन्द्रमा सबै मन्त्रालय र निकायमा सञ्चालित विद्युतीय प्रणालीलाई एकीकृत गर्ने, सबै मन्त्रालय र निकायमा मेलम्चीको पानी जडान गर्न यथाशीघ्र काम अघि बढाउने, ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ सम्बन्धमा ई–गर्भेनेन्स बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवम् सम्बन्धित क्षेत्र हेर्ने सचिवहरु र कर्मचारीको सहभागितामा विस्तृत छलफल गरेर एकरुपता कायम गर्नेलगायतका निर्णय गरिएको छ ।

बिज्ञापन

अर्याल मुख्य सचिव भए यता उनले हरेक महिनाको पहिलो साता नियमित रूपमा सचिव बैठक राखेर विभिन्न महत्वपूर्ण निर्णय गराउँदै आइरहेका छन् ।

पछिल्ला ७ महिनामा मुख्य सचिव अर्यालले ११ पटक सचिव बैठक डाकेर विभिन्न १ सय वटा भन्दा वटा निर्देशनहरु दिएका भए पनि अधिकांश निर्णय कार्यान्वयन हुन नसकेपछि मुख्य सचिव अर्याल सचिवहरूसँग असन्तुष्ट बन्न पुगेका छन् ।
गत चैत्र महिनामा ८,फागुन महिनामा १० वटा,माघ महिनामा ८,पुसमा सात,मंसिरमा ११,कार्तिकमा तीन पटक बसेको बैठकले २०,असोजमा दुई पटक बसेको बैठकले ३८ वटा गरी कूल १०५ वटा निर्देशन दिएका थिए यद्यपि ती निर्देशनहरु कार्यन्वयन नहुँदा गत फागुनमा बसेको सचिव बैठकामा‘यसअघि विभिन्न ६ वटा बैठकका निर्देशनहरु निर्धारित अवधिभित्रै सम्पादन गर्ने, गराउने साथै कार्यान्वयन भइनसकेका र हुने क्रममा रहेका निर्णयहरू यथाशीघ्र कार्यान्वयन गर्ने, गराउने निर्देशन दिएको थियो

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष